काठमाडौँ/ प्रहरीले एक हजार २०१ एम्पुल लागुऔषधसहित थानकोटबाट सर्लाही, कलैया घर भएका मनोज साह भनिने पूर्णबहादुर खुलाललाई आज पक्राउ गरेको छ । बाराको कलैयाबाट राजधानी भित्रिँदै गरेको बा६ख ४८८५ नंको बसमा खुलालले झोलाभित्र कपडामा बेरेर राखेको सो लागुऔषध बरामद गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए । उनका साथबाट डाइजोल्य र नोरफिन चार सय एम्पुल र फेनारगन चार सय एक एम्पुल बरामद भएको छ । रासस
लागुऔषधसहित पक्राउ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































