धरान/ दोस्रो चरणको निर्वाचन भएका तीनवटा प्रदेशका विभिन्न नगरपालिका तथा गाउँपालिकामा मतगणना सुरू भएको छ ।

रुपन्देही, डोटी, कञ्चनपुर, बैतडी, बाजुरा लगायतका जिल्लामा मतगणना  रातिदेखि नै सुरु भएको छ । तीनवटा प्रदेशमा दोस्रो चरणको मतदानमा ७०.५ प्रतिशत मत खसेको थियो । सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत मत खसेको थियो भने सबैभन्दा कम भोजपुरमा ६१ प्रतिशत मत खसेको थियो ।