धरान/दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा अन्तिम मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । ६ वटा गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये नेपाली कांग्रेसले ३, नेकपा एमालेले २ र नेकपा माओवादी केन्द्रले १ स्थानमा विजयी हासिल गरेका छन् । अहिलेसम्म आएको नतिजाअनुसार बझाङको काडा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र धामी विजयी भएका छन् । उनले ३९४ र उपाध्यक्षमा कांग्रेसकै कल्पना बोहरा ३९४ मतसहित विजयी भए । मस्टा गाउँपालिकाको अध्यक्षमा एमालेका कर्णबहादुर कडायत दुई हजार १४२ र उपाध्यक्षमा भगवतीकुमारी बोहराले दुई हजार १८० मत ल्याई विजयी भए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका ज्ञानबहादुर बोहराले एक हजार ९१७ मत प्राप्त गरे । नेकपा माओवादी केन्द्र सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा विजयी भएको छ । केन्द्रका उमेदवार डम्बर बहादुर बस्नेत अध्यक्षमा विजयी भए । उपाध्यक्षमा माओवादीकै प्रमिला बस्नेत विजयी भएकी छिन्। त्यसैगरी संखुवासभाको चिचिला गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा काँग्रेसका पासाङ नोर्बु शेर्पा विजयी भएका हुन् । संखुवासभाकै सिलिचोङ गाउँपालिकामा पनि काँग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा काँग्रेसका रामबहादुर राई विजयी भएका हुन् । त्यसैगरी बाजुराको पाण्डवगुफा गाउँपालिकामा नेकपा एमालेका उमेदवार विजयी भएका छन् । एमालेका कालिबहादुर शाहीले १४५१ मत प्राप्त गरी विजयी भएका हुन् । कांग्रेसका सुन्दर विष्टलार्इ पराजित गर्दै उनी विजयी भएका हुन् । त्यसैगरी अहिलेसम्म जारी मतगणनामा नेकपा एमाले ११० तहमा अघि छ । ११० वटा नगरपालिका तथा गाउँपालिकामा एमाले उमेदवारले अग्रता कायम राखेका छन् । त्यसैगरी १०४ मा नेपाली कांग्रेस, ४१ मा नेकपा माओवादी केन्द्र र ९ वटा तहमा राप्रपाले अग्रता कायमै राखेका छन्