मोरङमा कांग्रेस अगाडी, एमाले पछ्याउँदै
- असार १७, २०७४
- ब्लाष्ट खबर
रङ्गेली/एक उपमहानगरपालिकासहित ८ नगरपालिका र ८ गाउँपालिका गरि १७ वटा स्थानिय तह रहेको मोरङमा प्रारम्भीक परिमाण अनुसार नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ ।
शनिबार दिउँसो ११ बजेसम्मको नतिजा अनुसार कांग्रेसले ११, एमालेले ५ र फोरम लोकतान्त्रिकले १ वटामा अग्रता लिएका छन् ।
नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाका साथै ६ वटा नगरपालिका तथा ३ वटा गाउँपालिकामा अग्रता लिएको हो । यो समाचार तयार पार्दासम्म नेकपा एमालेले मोरङको २ वटा नगरपालिका र ३ वटा गाउँपालिकामा अग्रता लिएको छ भने फोरम लोकतान्त्रिकले एउटा गाउँपालिकामा अग्रता लिएको छ । कांग्रेसले अग्रता लिएका नगरपालिकामा उर्लाबारी, बेलबारी, रंगेली, रतुवामाई, सुनवर्षी र सुन्दरहरैंचा नगरपालिका रहेको छ ।
यस्तै एमालेले पथरीशनिश्चरे र लेटाङ नगरपालिकामा अग्रता लिएको छ । यस्तै कांग्रेले मोरङको कटहरी, कानेपोखरी, केराबारी र जहदा गाउँपालिकामा अग्रता लिएको छ भने एमालेले मोरङको मिक्लाजुङ, बुढीगंगा र धनपालथान गाउँपालिकामा अग्रता लिएको छ । फोरम लोकतान्त्रिकले भने ग्रामथान गाउँपालिकामा अग्रता लिएको छ । नेपाली कांग्रेसले अग्रता लिएको कानेपोखरी गाउँपालिकामा भने एमालेले कडा प्रतिस्पर्धा गरिरहेको छ ।
बिहान ११ बजेसम्मको मत परिणाम हेर्नुहोस्
विराटनगर महानगरपालिका
काँग्रेस ः १९५४/१६५४
एमाले÷फोरम लोकतान्त्रिक ः १३६६/७६९
संघीय समाजवादी÷माके ः १०१०/७८६
मोरङ उर्लाबारी नगरपालिका
कांग्रेस ः १७६१/१३६८
एमाले ः १६२९/१७२४
माओवादी केन्द्र ः ६९९/९००
मोरङ पथरी–शनिश्चरे नगरपालिका
एमाले २९९४/३२६७
कांग्रेस १८०७/१५३८
माके ८९९/३०५
मोरङ बेलबारी नगरपालिका
कांग्रेस ः २५१७/२५७०
एमाले ः २२७८/२३२०
माओवादी केन्द्र ः १११०/८२२
मोरङ रंगेली नगरपालिका
कांग्रेस ः १५४९/१२२३
माके ः १३०२/१२०७
एमाले ः ६९५/९३०
मोरङ रतुवामाई नगरपालिका
कांग्रेस ः ४१८५/३७५९
एमाले ः ३५९४/३५७६
माके÷संघीय समाजवादी ः १०१५/९९८
मोरङ लेटाङ नगरपालिका
एमाले ः १८६८/१९१५
कांग्रेस ः १७५१/१३२०
माओवादी ः २९२/४८२
मोरङ सुनवर्षी नगरपालिका
कांग्रेस ः २०१६/२५५७
एमाले ः १७११/१६५९
माके ः ७८४/६०२
मोरङ सुन्दरहरैंचा नगरपालिका
कांग्रेस ः ४९६८/३६१७
एमाले ः ४७७७/४७५२
माके ः ७५६/२१०६
मोरङ कटहरी गाउँपालिका
कांग्रेस ः १४८७/१४२१
फोरम लोकतान्त्रिक ः १४१३/११३३
एमाले ः १०२४/१०७२
मोरङ कानेपोखरी गाउँपालिका
कांग्रेस ः १५८०÷१४१८
एमाले ः १५७५÷१५८९
माके ः ७८५÷७७७
मोरङ मिक्लाजुङ गाउँपालिका
एमाले ः १६९८/१८७८
काँग्रेस ः १४९५/१४५९
माओवादी केन्द्र ः १३५१/११६०
मोरङ केराबारी गाउँपालिका
कांग्रेस ः १४७२
एमाले ः १२१०
ग्रामथान गाउँपालिका
फोरम लोकतान्त्रिक ः ८२०/८७६
एमाले ७५२/७००
कांग्रेस ६३८/६३२
मोरङ जहदा गाउँपालिका
कांग्रेस १०१८/९२३
संघीय समाजवादी ८५३/९१०
एमाले ३३६/११२
धनपालथान गाउँपालिका
एमाले ६१२/४१३
कांग्रेस ४५८/३५५
संघीय समाजवादी ः ३७१/६२७
मोरङ बुढीगंगा गाउँपालिका
कांग्रेस ः १२१८/१२९४
एमाले ः १५१९/१४४१
लोकतान्त्रिक फोरम ः ९३९/७९०