विजयपुर/पछिल्लो मत परिणाम अनुसार धरानमा नेपाली काङग्रेसको अग्रता तोड्दै एमालेले लिडिङ सुरु गरेको छ । धरान १,२ वडाको मत गणना हुदा एमालेलाई पछि पारेको नेपाली काङग्रेसलाई वडा नम्बर ३ र ४ को मत गणना हुदा नेपाली काङग्रेसको अग्रता तोड्दै एमालेले अग्रता लिएको हो । यो समाचार तयार पार्दा नेकपा एमालेका मेयरका उमेद्धार तारा सुब्बाले २९३२ मत ल्याएका छन् भने काङग्रेसका मेयरका उमेद्धार तिलक राईले २६९५ मत ल्याएका छन् ।
उपमेयरमा पनि एमालेकी म ञ्जु भण्डारी सुबेदीले ३०४४ मत ल्याएकी छिन् भने काङग्रेसकी श्यामा रेग्मीले २६८३ मत ल्याएकी छिन् । माओबादी केन्द्र सहितका ९ दलिय गठबन्धनका मेयरका उमेद्धार अइन्द्र बिक्रम बेघाले १६४८ मत ल्याएका छन् भने नौ दलिय गठबन्धबाट उप मेयर उठेका संघिय समाजबादी फोरम नेपालका उमेद्धार पारस काङमाङ राईले ३३५ मत प्राप्त गरेका छन् । नेपाली काङग्रेसका जिल्ला सचिब तथा निर्बाचन परिचालन मुल समितीका संयोजक सुजेन्द्र तामाङले अहिलेको मत परिणमबाट आत्तिहाल्नु पर्ने अबस्था नरहेको बताएका छन् । नेपाली काङग्रेसका पकड रहेको वाडहरु ५,६,७,८,९,११,१२,१३,१४,१६,१७,१८ र २०को मत गणना भईसक्दा धरानमा सानदार जित हासिल गर्ने उनले बताए ।
नेकपा एमालेका जिल्ला सचिवालय सदस्य मुरारी सबेदीले अब एमालेको अग्रता जीत हासिल नगरुनजेल कायम रहने दाबी गरेका छन् । एमालेको पकड क्षेत्र रहेका वडानम्मर ५,६,७,८,९,१०,११,१२,१३,१४,१५,१६,१७,१८ ,१९ र २० वडा एमालेको बलियो संगठन भएको र बिगतमा पनि चुनाब जीत्दै आएको क्षेत्र भएकाले चुनाब जित्ने मा एमाले ढुक्क रहेको बताए ।वडा नम्बर ५,६,७,८,९,१०,११,१२,१३,१४,१५,१६,१७,१८ ,१९ र २० मा तुलानात्मक रुमा एमालेको संगठनहरु बलियो भएको चर्चा गरिन्छ ।
पछिल्लो समय नेपाली काङग्रेसलेपनि ती वडाहरुमा संगठन बिस्तार गरेकाले प्रतिस्प्रधा निकै रोचक हुने अनुमान गरिएको छ । उता माओबादी केन्द्रका मेयरका उमेद्धार अइन्द्र बिक्रम बेघालेपनि आफुले जित्ने आधारहरु बलियो हुदै गएको बताए । अहिले मत गणना भएका वडाहरुमा हामीले अपेक्षा गरेभन्दा धेरै मत आएको छ अब धरानका ढुला वडाहरु ११,१५,१७,र १९ वडाहरुमा माओबादी केन्द्रको बलियो उपस्थिती रहेकाले चुनाब जित्नेमा आफ्ु ढुक्क रहेको उनले बताए । अद्यपी गणना भएको मत परिणाम अनुसार माओबादी केन्द्र तेश्रो स्थानमा रहेको छ ।