विजयपुर/धरानको पछिल्लो मत परिणाम अनुसार धरान १ र २ मा नेपाली काङग्रेसको प्यानल नै बिजयी भएको छ । वडा नं ४ मा नेकपा (एमाले)को प्यानल नै बिजयी भएको छ । मतपरिणमलाई आधारमान्दा धरान ३ मा पनि एमाले स छ । धरान १ मा नेपाली काङग्रेसका रोसन अधिकारी सहितको प्यानल बिजयी भएको छ । अधिकारीले १०२९ मत ल्याउदा निकटम प्रतिद्धन्द्धी एमालेका भरत सुवेदीले ५४२ मत प्राप्त गरेका छन् । महिला सदस्य ९६०, दलित महिला सदस्य ९८५, खुल्ला सदस्य ७०७ र आरक्षित सदस्य ७३४ मत ल्याउँदै नेपाली काङग्रेसको प्याननै विजयी बनेको हो । त्यस्तै धरान २ मा पनि काङग्रेसका माधबगोबिन्द श्रोष्ठको प्यानल नै बिजयी भएको् छ । श्रेष्ठले निकटमत प्रतिद्धन्द्धी एमालेका मुकुल कायस्थलाई ५३ मत अन्तरले पराजित गरेका हुन् । श्रेष्ठले कुल झरेको मतको ४९३ मत ल्याउँदा कायस्थले ४४० थिए । श्रेष्ठको प्यानलको महिला सदस्यले ६०५, दलित महिला सदस्यले ६२६, खुल्ला सदस्यले ६०२ र अर्का सदस्यले ६०१ मत प्राप्त गर्दै विजयी बनेका हुन् ।धरान १ र २ नेपाली काङग्रेसको पकड क्षेत्रको रुपमा चर्चा गरिदै आएको थियो । धरानको वडा नम्मर ४ मा भने नेकपा एमालेको प्यानल नै बिजयी भएको छ । एमालेका वडाध्यक्षका उमेद्धार मानबहादुर र्राइले माओबादी केन्द्रका चन्द्र राईलाई हराउदै बिजयी भएका हुन् । ३७० मत ल्याएका माओबादी केन्द्रका उमेद्धरलाई ६१४ मत ल्याएर एमालेका मानबहादुर राई बिजयी भएका हुन ।दलित महिला सदस्यमा तुलसी परियार बिजयी भएकी छिन् भने सदस्यहरुमा गोरसमान आले र धनबहादुर राई बिजयी भएका छन् । एमालेले जितेको ४ नम्मर वडा एमालेको पकड क्षेत्र मानिएको क्षेत्र हो ।