धरान/१३७ तह रहेको प्रदेश नम्बर १ मा एमाले ३७ तह विजयी भएको छ भने ३६ स्थानमा अग्रता लिएको छ । अहिलेसम्म १ नम्बर प्रदेशको १८ तहमा जितेको कांग्रेसलेले बिराटनगर महानगरसहित ३५ स्थानीय तहमा अग्रता लिइरहेको छ ।कांग्रेस विशेषगरी मोरङ र सुनसरी जिल्लामा अग्रता लिइरहेको छ । उता इलाम र झापामा एमालेले अधिकांश तहमा अग्रता लिएको छ ।
माओवादी १ नम्बर प्रदेशमा निकै कमजोर देखिएको छ । ६७ स्थानको नतिजा आउँदा माओवादीले ७ स्थान जितेको छ भने २ तहमा मात्रै अगाडी छ।त्यस्तै राप्रपा २, संघीय समाजवादी १, नेपाल लोकतान्त्रिक २ स्थानमा अग्रता लिइरहेका छन्