राजविराज/ सप्तरीको कञ्चनरुप नगरपालिका–३ बरमझियाको सदा टोलस्थित ससुराली घर आएका ज्वाइँलाई आइतबार राति जेठानले खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।
ससुराली आएका सप्तरीको रुपनी गाउँपालिका–६ तेरहौता बिरेन्द्रबजार घर भएका ३४ वर्षीय रञ्जित खङ्लाई सामान्य घरायसी विवादमा उनका जेठान २८ वर्षीय देवु ऋषिदेवले टाउकोमा खुकुरी प्रहार गरी घाइते बनाएका हुन् ।
खुकुरी प्रहारबाट गम्भीर घाइते खङ्लाई उपचारका लागि स्थानीय धर्मेश्वर अस्पतालमा भर्ना गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आफ्नै बहिनी ज्वाइँलाई खुकुरी प्रहार गरी घाइते बनाएपछि फरार रहेका ऋषिदेवको खोजी भइरहेको प्रहरी निरीक्षक डिल्लीबहादुर चौहानले बताए ।