विजयपुर/बन्द गराउदै हिडेका नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समुहका चार जर्ना कार्यकर्तालाई धरान प्रहरीले पक्राउ गरेको छ । बन्दको माईकिङ गर्दै हिड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

गिरप्तार गरिएका नेता र कार्यकर्तालाई विनाशर्त रिह गर्न मागगर्दै  विप्लव माओबादीले आज असार २७ गते नेपाल बन्दको आव्हान गरेको थियो । बन्दको प्रचार गर्दै सोमवार बेलुकी धरान बजारमा माइकिङ गर्दै गरेको अवस्थामा उक्त पार्टीका चार  जना कार्यकर्तालाई प्रहरीले धरानको भानुचौकबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुरज राई, पुष्प न्यौपाने ,आर्यन अधिकारी र नतसा सुबेदी रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खविडाले जानकारी दिए ।उनीहरुलाई बिभागले दिने निर्देशन अनुसार कारबाही प्रकृया अगाडि बढाउने उनले बताए ।