लागूऔषधसहित मोरङमा धरानका युवा पक्राउ
धरान/मोरङको विराटनगर–१६ दरैयाबाट प्रहरीले सोमबार लागूऔषधसहित धरानका एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान–११ का २० बर्षीय सन्तोष कार्की रहेका छन् । कार्कीलाई इलाका प्रहरी कार्यलय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गर्दा बिहान ८ बजे पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट डाईजेल्याप २० एम्पुल, लुपिजेसिक २० एम्पुल र एभिल २० एम्पुल बरामद गरेको छ । पक्राउ परेका कार्कीलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान गरिरहेको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































