बिराटनगर/ कोही हातमा दियो त कोही कुसन्डा बोकेर नेवारी पहिरमा सजिएका नेवारी सुन्दरी शनिबार विराटनगरको नमस्कार होटलको मैदानमा फोटो सुट गर्न तलिन देखिए ।मिस नेवा कोशीको फाइनलमा पुगेका १९ जना प्रतियोगिहरु आ– आफ्नो एङ्गलमा फेटो सुट गराए । यी मध्धे जस्को राम्रो पोज दिए त्यस मध्धे एक जनाले फोटो जेनिकको एवार्ड पाउने भएपछि आफनो रोजाईको एङ्गलमा फोटो कैद गराउन फोटो ग्राफर सञ्जय श्रेष्ठपनि दिनभरी व्यस्त रहे ।
नेवार सामुदायमा रहेको किशोरीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले मन्जिना मुभिज कृएसनको आयोजनामा विराटनगरमा मिस नेवा कोशी प्रतियोगिता भएको हो ।आउँदो साउन ७ गते स्थानिय वीरेन्द्र सभा गृह हलमा हुने फाइनलमा विराटनगरकी अर्चु ताम्राकार, निशु श्रेष्ठ, कुसुम श्रेष्ठ, समिन श्रेष्ठ, अदिती श्रेष्ठ, शिखा श्रेष्ठ, आँचल ताम्राकार, दिक्षा श्रेष्ठ, प्रतिभा ताम्राकार, तनिसा ताम्राकार, क्यानिजा श्रेष्ठ, नम्रता साही, मुस्कार बज्रचार्य, उनिष्ठा मास्के, राइसा श्रेष्ठ र सिवानी श्रेष्ठले प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै धरानबाट सहीस्ता श्रेष्ठ, साइना ताम्राकार छन भने सुनसरीको दुहबीबाट रिया श्रेष्ठ प्रतिस्पर्धी हुन् ।
फाइनलमा पुगेका प्रतियोगि अहिले बन्द प्रशिक्षणमा छन् । उनीहरुलाई नायक जतिन ताम्राकार सन्जु शाक्यले टनिङ्ग दिदै आएका छन् ।। प्रतियोगिताको बिजेताले आकर्षण क्राउनको साथै विभिन्न गिफट ह्याम्पर प्राप्त गर्नेछन् । त्यसको साथै प्रतियोगिता टप फाइपमा पर्ने एक जनालाई मन्जिना मुभिजको आगमी चलचित्रमा अभियन गर्ने मौका दिने ताम्राकारको भनाई छ ।