शनिश्चरे/ दक्षिणी झापाको कचनकवलमा एउटा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । कचनकवल गाउँपालिका ७ स्थित कुनाबारी जंगलमा बुधबार बिहान ८ बजेतिर भाले हात्ती (मत्ता) मृत आवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी हरिप्रसाद शर्माले जनाए । बनमा घाँस दाउरा गर्न जानेले मृत हात्ती देखेपछि प्रहरीलाई खबर गरेको शर्माले बताए । शर्माका अनुसार हात्तीको शरीरमा चोटपटक नभएकाले के भएर मरेको हो भन्ने विषयमा प्रहरी र जिल्ला वन कार्यालयबाट अनुसन्धान भइरहेको छ ।