विजयपुर/सुनसरी बास्केटवल संघको आयोजनामा श्रावण ६ गते देखि ‘समर बास्केटवल ट्रेनिङ्ग क्याम्प २०७४’ हुने भएको छ । विद्यालयको गर्मि विदाको अवसर पारेर आयोजना गरिएको समर क्याम्प तिन हप्ता सम्म संचालन हुने विहिवार आयोजीत प्रत्रकार सम्मेलनमा जानकारी दिईयो । क्याम्प संयोजक तथा पूर्वाञ्चल बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राईलको अनुसार क्यम्पबाट खेलाडिहरु उत्पादनमा सहयोग पुग्ने छ ।
‘स्वस्थ्यको लागि खेलकुद नारा’ दिएर आयोजना गर्न लागेको समर क्याम्पमा धरानका ५० जना भन्दा बढि महिला तथा पुरुष विद्यार्थीहरुले सहभागिता रहने छ ।क्याम्पमा ५ कक्षा देखि माथिका विद्यार्थीहरुले सहभागिता जनाउन पाउनेछन ।
पूर्वाञ्चल बास्केटवल प्रशिक्षक तथा क्याम्प संयोजक विकास चाम्लिङको नेतृत्वमा प्रशिक्षण संचालन हुने सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिले जानकारी दिए। बास्केटवल संघको आयोजनामा यस अघि एसएलसी हाल एसइइ दिएर वसेका विद्यार्थीहरुलाई बास्केटवल ट्यालेन्ट हन्ट कार्यक्रम गरिएको थियो ।
यो बर्ष देखि गर्मि विदालाई सदुपयोग गर्दै बास्केटवल खेल पर्वधन गर्नको लागि पनि विद्यालयका विद्यार्थीहरुको लागि समर ट्रेनिङ्ग क्याम्पको आयोजना गरिएको अध्यक्ष सुवेदिले वताए ।
संघले टयालेन्ट हन्टका उत्कृष्ट खेलाडिहरुलाई कलेजमा छात्रवृत प्रदान गर्दै आइरहेको छ । यस पालिको एसइइ ट्यालेन्ट हन्टका दुई जना खेलाडिहरुलाई डिपो उच्च मावि र एम्स एकेडेमिमा छात्रवृत्त दिलाइ सकेको संघका अध्यक्ष सुवेदिले जानकारी गराए । समर क्याम्पमा मुख्य प्रशिक्षक विकास चाम्लिङ राई सहित पूर्वाञ्चल खेलाडि हेमन्त राई, विवेक श्रेष्ठ, रवि बास्फोर, दिपेस लिम्वु, शिव राई, पुर्व खेलाडि जिवन लिम्वुले प्रशिक्षण दिने छन ।