इटहरी/ साउन १६ गतेदेखि इटहरीलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । इटहरी उप–महानगरपालिकाको मुख्य बजार क्षेत्र भित्र हर्न निषेधित क्षेत्र घोषणा गरिएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
पूर्वमा ओम पेट्रोल पम्प, दक्षिणमा साथी फ्यूल सेन्टर, उत्तरमा पूर्वी पृतना र पश्चिममा कलंकी मोड सम्म कुनै पनि सावरी साधानले हर्न बनाउन नपाउने निर्णय भएको ट्राफिक प्रहरीले जनाएको छ । गत असार १८ गते क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयमा बसेको बैठकमा सरोकार निकायको समेत सहभागिता रहेको थियो ।
बैठकको निर्णय अनुसार साउन १४ गतेसम्म सो सम्वन्धी जानकारी मुलुक प्रचार प्रसार गर्ने र आवश्यक जानकारी वोर्ड राख्ने समेत निर्णय भएको छ । विद्यालय सञ्चालक, यातायात व्यवसासी तथा मजदुरका प्रतिनिधी समेतको सहभागितामा सो निर्णय भएको हो ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरीक कार्यालय इटहरीका प्रहरि निरिक्षक सुनिलकुमार श्रेष्ठका अनुसार हर्न निषेधित क्षेत्रको तयारीको लागि वोर्ड तयार भइरहेका छन् भने सो सम्वन्धी चेतना फैलाउने काम समेत भइरहेको छ ।