इटहरी/ हाल पूर्वका सबै रक्तसंचार केन्द्रमा रगतको अभाव भएको छ । पुर्वका मुख्य स्वास्थ्य संस्था भएका शहरहरु बिराटनगर र धरानमा अबस्थित रक्तसंचार केन्द्रका भण्डारमा अहिले रगतको अभाव छ ।
यी ठाउँहरुमा अहिले कुनै पनि संघसंस्थाहरुले रक्तदान कार्यक्रमहरु आयोजना गरेका छैनन् । यी शहरका अस्पतालहरुमा दैनिक १०० पिन्ट सम्म रगतको माग हुँदै आएको छ ।
रगतको अभाव भएपछि युथ फर ब्लडको यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संस्थाका केन्द्रीय अध्यक्ष अतित गुरागाईंले जारी गरेको विज्ञप्तिमा मोरंग र सुनसरी जिल्लामा“चरम रगत अभाब” घोषणा गरिएको छ । विज्ञप्तीमा रक्तदान गर्न आव्हान गरिएको छ ।