विजयपुर/ धरान १५ स्थित एलाइनेट जिमको आयोजनामा तथा धरान उपमहानगरपलिकाको संयोजनमा प्रथम नेपाल च्याम्पियन खुल्ला राष्ट्रिय शाारिरिक सुगठन प्रतियोगिता हुने भएको । [caption id="attachment_49797" align="alignleft" width="477"] तस्विरः विकास चाम्लिङ राई[/caption] शारिरिक सुगठन खेलको विकास तथा प्रतिभाशाली खेलाडिहरुलाई अवसरको लागि आयोजित प्रतियोगितामा देशभरका खेलाडिहरुलाई सहभागिता गराउने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागको आयोजकले जनाएको छ । क्लव वाट ३० जना प्रतियोगिहरुले फाइनल चरणमा प्रतिस्प्रर्धा गर्ने आयोजकले पत्रकार सम्मेलन गरेर जनाएको छ । प्रतियोगितमामा ५५, ६०, ६५, ७० र ७५ केजि गरि पाच तौल समुहमा खेलाडिहरुलले सहभागिता गराइने भएको छ । सहभागिहरुले भदौ २७ गते छनौट चरण प्रतिस्प्रधा अन्र्तगत प्रि–जजिङ्ग राउण्ड पार गरेपछि फाइनल चरण प्रवेश गर्नेछन । प्रत्येक तौल समुह वाट ६ जना प्रतिश्पर्धि खेलाडि फाइनल चरणको लागि छनौट गरिने प्रतियोगिता संयोजक विक्रम लिम्वुले जानकारी दिए । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो, चौथो र पाचौ हुनेले क्रमशः नगद एक लाख, ५० हजार, ४० हजार, ३० हजार र २५ हजार रुपैया सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने संयोजक लिम्वुले जानकारी दिए । त्यस्तै गरि प्रतियोगिताका वेस्ट पोजर, मस्कुलर मेन र मोस्ट इम्प्रुभ शिर्षकका विजेताले जनहि पाच हजार रुपैया नगद, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।