धरान/हङकङबाट प्रदर्शनको थालनी गरेको निर्माता सुनिल रावलको पछिल्लो फिल्म ‘शायद–२’ नेपालमा भने असार ३० गतेदेखि प्रदर्शन भएको छ । ‘सायद,‘ होस्टेल तथा होस्टेल रिटन्र्स जस्ता सफल फिल्महरुबाट स्थापित ब्यानरको रुपमा चिनिएको दुर्गिश फिल्म्सले ‘सायद–२’ निर्माण गरेको हो । निर्माण कार्यमा रावललाई इश्वर श्रेष्ठ र सुभाष लामिछानेले सघाएका छन् । पुष्पराज न्यौपानेको निर्देशन रहेको चलचित्र शायद–२ यसअघि चैत ४ गते प्रदर्शनको मिति तोके पनि एसएलसी परिक्षाको कारणले जेठ १२ गते नयाँ मिति तोकिएको थियो । जेष्ठ १२ मा पनि शायद–२ चलचित्रका लक्षित दर्शकको अर्को परिक्षा पर्ने भएकाले चलचित्रको प्रदर्शनको मिति तेस्रो पटक सार्दै असार ३० लाई तोकिएको निर्माता सुनिल रावलले बताएका छन् ।चलचित्र मार्च १९ का दिन जापानको टोकियोमा प्रिमियर गरिने भएको छ । प्रिमियरमा सहभागी हुन निर्माता सुनिल रावल, दुर्गिस थापा, कलाकार शुसील श्रेष्ठ, स्यारोन श्रेष्ठ र रंग पत्रकार श्याम अर्याल टोकियो जाने भएका छन् । राजु विक्रम थापाको छायांकन, दिर्घ खड्काको सम्पादन, सुगम पोख्रेल र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको सायद–२ मा सुशील श्रेष्ठ, अमृत ढुंगाना, स्यारोन श्रेष्ठ, कुशल पाण्डे, निशा कार्की, बुद्धीलाल मगर, सुनिल रावल, किरण शर्मा र कामना प्रसाईंको मुख्य भूमिका रहेको छ ।चलचित्र शायद–२ बहुप्रतिक्षित चलचित्रहरु मध्येको एक हो । चलचित्रले युवा पुस्तालाई हलसम्म तान्न सक्ने कुरामा निर्माण पक्ष विश्वस्त देखिएको छ । निर्माता रावलले अब दुई चलचित्रहरु ‘लाहुरे’ र ‘उलन म्यारी’को निर्माण कार्यको थालनी समेत गरिसकेका छन् ।