काठमाडौं/ उत्कृष्ट बलिङसँगै नेपालले यू–१९ विश्वकप छनोट क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । तर, व्याटिङमा देखिएको समस्या भने अझै कायमै छ ।

सिंगापुर क्रिकेट क्लब, पादाङमा टस जितेको फिल्डिङ रोजेको नेपालले मलेसियालाई ५८ रनमा अलआउट गर्‍यो ।

र, यो लक्ष्य भेट्टाउन पनि नेपालले ९.५ ओभरमा ५ विकेट गुमायो । नेपालको पहिलो विकेट सस्तैमा गुमाएको थियो । टिमको स्कोर मात्र ८ रन हुँदा ओपनर सन्दिप सुनार मात्र ६ रनमा आउट भए । पहिलो खेलमा पनि सन्दिप चलेका थिएनन् ।