विजयपुर/धरानका मेयर तारा सुब्बाले कार्यभार सम्हालेको पहिलो दिन गरेको निर्णयहरु कार्यान्वयन हुन थालेका छन् ।उनले कार्यभार सम्हाल्दै गरेका चारवटा निर्णय मध्ये धरानका संबेदनशील क्षेत्रका सडकहरुको खाल्डाखुल्डी पुर्ने कार्यको सुरुवात भएको छ ।
पहिलो चरणमा धरानको वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको गेट अगाडिका सडकका खल्डा पुर्ने कार्य सुरु भएको छ । धरानका सडकहरुको मर्मत सम्हारका लागि मेयरले घोषणा गरेको एक करोडको कोषबाट धरानका सबै वडामा कार्य थाल्ने गरि मेयरले निर्देशन दिएका थिए ।
निर्देशन अनुसार प्रतिष्ठानको गेट अगाडिको सडक निर्माण शुक्रबार बाट सुरु भएको छ ।प्रतिष्ठानको गेट अगाडिको सडकको खाल्डाखुल्डी पुर्नेकाम आइयुडिपीलाई जम्मा दिएको मेयर तारा सुब्बाले जानकारी दिए ।
बुद्धचौक देखी गुम्बा सम्मको सडकपनि मर्मत गर्नु पर्ने देखिएको छ,त्यसको लागि उपमहागरपालीकाको तर्फबाट बजेट ब्यबस्था गर्ने उनले बताए । त्यसैगरि धरान उपमहानरपालीकाकै बजेटबाट धरान १४को रेडक्रश भवन देखि माथिको सडकको पनि मर्मत कार्य सुरु भएको छ ।दुबै योजनाहरु मेयरको ठाडो आदेशमा भएका हुन् ।
त्यसैगरि धरानबाट बिष्णुपादुका जाने बाटो पहिरोल अबरुद्ध गरेपछि त्यसलाई तत्काल हटाउन मेयर तारा सुब्बाले निर्देशन दिएका छन् । पहिरो पन्छाउन दुई लाख रुपैया बजेट उपलब्ध गराइएको मेयर सुब्बाले जानकारी दिए ।