दुलारी/ सुनसरी र मोरङको सिमा क्षेत्रमा रहेको फोकल्याण्ड टापुमा अज्ञात रोगका कारण २ जना बालबालिकाको मृत्यू भएको छ । मोरगंको सुन्दर हरैँचा नगरपालिकाको वडा नम्बर ५ का दुई बालबालिकाको मृत्यू भएको हो । वस्तीका २ बालबालिका ज्वरो आउने, टाउको दुख्ने समस्याका कारण मृत्यू भएको उनीहरुका परिवारले जानकारी दिएका छन् । सो समस्यका कारण गाउँका अधिँकास मानिसहरु विरामी परेका छन् । करिव ४ बर्षका डानियल राई सिकिस्त विरामी भएपछि उपचारका लागि धरान वीपी प्रतिष्ठान लगिएको छ । भाईरलको प्रकोप आएको भन्दै स्थानीयवासीहरु त्रसित वन्न थालेका छन । डिल्लीमान तामागंकी ५ बर्षिय छोरी सुस्मिता तामागंको हिजो उपचारको क्रममा मृत्यू भएको हो । परिवारले उनको आज अन्तिम संस्कार गरेको छ । सुस्मिताको धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यू भएको उनकी आमा निर्मला तामागंले जानकारी दिईन । मृत्यूको स्पष्ट कारण डाक्टरले केही नभनेको उनको भनाई थियो । यस्तै गएको असार २९ गते दिल कुमार राईको छोरा विजय राईको मृत्यू भएको थियो । उनलाई पनि ज्वरो आउने, टाउको, दुख्ने समस्या थियो । समस्या देखिएको दुई दिनमा १४ बर्षिय छोराको मृत्यू पिता दिल कुमार राईले जनाए । गाउँमा के भयो भयो हामीलाई पुरा समस्या छ उनले थपे । पछिल्लो समयमा त्यस क्षेत्रमा करिव ३५ घरपरिवार बसोबास गर्दैको सो बस्तिका १० बढि परिवार मानिसहरु विरामी परेका छन् । उनीहरुलाई ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएको स्थानिय दलजित सुब्बा जनाए । पछिल्लो केहि दिन यता गाउँमै ठुलो समस्या देखिएको उनको भनाई थियो । गाउँमा दोस्रो पटक मानिसको मृत्यू भएपछि कुरा बाहिर आएको हो । प्रकोपको बारेमा भर्खरै जानकारी भएको भन्दै वडा नम्बर ५ का वडाअध्यक्ष राम रिजालले स्वास्थ्यकर्मीहरु बोलार्ईएको जानकारी दिए । असारको दोस्रो हप्ता देखी ज्वरो आउने समस्या देखिएको थियो । सुरुमा एउटा परिवारमा देखिएको समस्या पछि गाउँमै फैलिएको बताइएको छ । सो स्थान दुई नदिको वीच भागमा जंगल नजिक रहेको छ । पूर्वमा मुगु खोला र पश्चिममा बुढिखोलाले बनाएको वीचको टापुमा बस्ती बसेको छ । बस्ती मोरगं जिल्लामा परे पनि सुनसरीको इटहरी नजिक पर्दछ । नजिकै स्वास्थ्य संस्था छैन । समस्या देखिएपछि पहिले पहिले गाउँघरमै धामी झाँक्री गरिएको र अन्तिम समयमा मात्र अस्पताल लगिएका कारण पनि मानविय क्षति भएको अनुमान गरिएको छ ।