धरान/ धरानबाट प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका ५ बस्ने बर्ष –२१ को बिमल बि.क. र मोरङ केरावारी ५ बस्ने बर्ष २५ को अर्जुन कुवँर रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । दुबैको साथबाट नाइट्रोशन ट्याब्लेट १० थान बरामद भएकोले अनुसन्धानकालागी ईलाका प्रहरी कार्यालयमा राखिएको छ।
[caption id="attachment_41397" align="alignleft" width="265"] File Photo[/caption]यता सुनसरी जिल्लाको बर्जु गाउँपालिका १ बस्ने बर्ष –४८ को लक्ष्मी कामतको घरबाट अवैध कुर्ता सुरुवाल, साडी र बेड सिट कभर बरामद भएको छ। कामतको घरमा भन्सार छलेर ल्याएको कपडा राखिएको भन्ने विशेष सुचानका आधारमा प्रहरीले मंगलबार उनको घरबाट २२ पोका कपडा बरामद गरेको हो।