विजयपुर/स्तन क्यानसरबाट पिडित बनेकी मोरङको केराबारीकी दुर्गामाया शाही ठकुरीलाई धरान द बेस्टका सदस्यहरुले आर्थिक सहयोग गरेका छन् । धरान द बेष्ट सामाजिक सञ्जाल फेसबुकमा धरान र आसपासका प्रयोगकर्ताहरुको सक्रियतामा सञ्चालित छ ।
ग्रुपले दुई वर्ष देखि स्तन क्यान्सरबाट पीडित दुर्गालाई उपचार खर्चको लागि आर्थिक सहयोग गरेको हो । ग्रुपले एक लाख २८ हजार ७ सय ३७ रुपैया उपचार खर्च सहयोग गरेको हो ।
ग्रुपका आधिकारीक ब्यक्तहरु उज्वल तामाङ ‘इजि’,नुनुमा राई तथा सदस्य संगिता गुरुङले ग्रपका सदस्यहरुबाट संकलित रकम पिडितलाई हस्तान्तरण हस्तान्तरण गरेका हुन् ।ग्रुपले दैवीप्रकोप,दुर्घटना र भइपरि आउने घटनाहरूमा सहयोग गर्दै आएको छ ।
यस अघि धरान–३,कि एप्लाष्टिक एनिमिया पीडित नाइसा शाक्य र ललितपुर जिल्ला निवासी ब्रेन ट्युमरबाट ग्रसित शर्मिला दुतराज,इटहरी–५,निवासी ब्रेन ट्युमरबाट पीडित एलिना तामाङलाई उपचारको लागि आर्थिक सहयोग गरेको थियो । ग्रुपले असाहहरुलाई सहयोग गर्ने सम्पुर्ण सदस्य,एडमिन तथा सहयोगदाताहरुलाई धन्यबाद पनि दिएको छ ।