धरान उपमहानगरपालीकाका मेयर तारा सुब्बालाई धरान ३ का जताहरुले सिंहदेबी चौक देखि माछाभौडि सम्मको सडक निर्माण कार्य तत्काल सम्पन्न गर्न आग्रह गरेका छन् । ब्लाष्टखबर डटकप मार्फत पत्र लेख्दै उनीहरुले सडकका कारण धरान ३ पुरानो बजार क्षेत्रका बालबालिका सबैभन्दा बढि जोखिममा रहेको समेत बताइएको छ ।

धरानको मुख्य ब्यपारीक क्षेत्र समेत रहेको पुरानो बजारमा घाम लाग्दा धुलो उड्ने र पानी पर्दा खहरे उर्लेझै गरेर भेल बग्ने गरेका कारण जनजिबन अस्तब्यस्त भएको भन्दै उनीहरुले बाटो निर्माणका लागि ध्यानाकर्षण गराएका हुन् । स्थानियकाे तर्फबाट अनिष श्रेष्ठले ब्लाष्टखबरमा पठाएकाे खुल्ला पत्र यस्ताे छ ।

 

श्रीमान नगर प्रमुख (मेयर) ज्यु धरान उपमहानगरपालीकाको कार्यालय                                                        बिषय खुल्ला पत्र बारे स्थानिय तहको निर्वाचनबाट धरानको बिकास गर्न तपाईलाई धरानबासिले मत हालेर पठाएका छन् । कार्यभार सम्हालेको दिन देखि तपाईले धरानका सडकहरुलाई सुधार गर्ने भनेर निर्णयहरु गरेको र केही काम पनि गरेको सञ्चारमाध्यमबाट जानकारी पाइयो । धरानका सडकमा रहेका साना खाल्डाखुल्डी पुर्ने कामलाई प्राथमिकता दिनु भयो त्यो पनि ठिकै होला ।

तर धरानको सिंहदेबी चौक देखि माछाभौडी सम्मको सडकको बारेमा तपाईको ध्यान किन जान सकेन ?पानी परेको बेला खहरे उर्लेर आएजस्तै गरि बिच सडकमा भेल बग्ने गरेको छ । यसको कारण भनेको सडक निर्माणको कार्य तिब्र गतिमा नभएका कारण हो । धरानको मुख्य ब्यापारीक क्षेत्र समेत रहेको धरान ३ को पुरानो बजारको बाटो निर्माण कार्य सक्ने बिषयमा चासो किन नदिनु भएको हो ?मेयर साब सँग हामीले जबाफको अपेक्षा गरेका छौ ।मिती २०७४ साउन १५ गते दिउसो आएको पानीले सडकको गति कस्तो भएको छ भनेर तस्विरपनि ब्लाष्ट अनलाईन मार्फत यहाँलाई पठाएको छु । यस बिषयमा यहाँको ध्यानाकर्षण भइ काम छिटो सकिने अपेक्षा गरेका छौ अनिष श्रेष्ठ साथै ,धरान ३ का जनाताहरु

बाटाेका तस्विरहरू