विराटनगर / मोरङमा बैवाहिक अंगीकृत नागरिकता लिनको संख्यामा बढेको छ । नयाँ संविधान जारी भए यता अघिल्लो आर्थिक वर्ष भन्दा २०७३÷०७४ मा बैवाहिक अंगीकृत नागरिकता लिनेको संख्यमा वृद्धी आएको हो । मोरङमा यस वर्ष ४ सय ८६ जनाले बैवाहिक अंगीकृत नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
जुन अघिल्लो आर्थिक वर्ष भन्दा यस वर्ष १ सय १५ जना बैवाहिक अंगीकृत नागरिकता लिने बढेको जिप्रका मोरङको अभिलेखमा देखिन्छ । ०७२÷०७३ मा मोरङबाट ३ सय ७१ जनाले बैवाहिक अंगीकृत नागरिकता लिएका थिए । मोरङको तीन ठाउँबाट नागरिकता वितरण हुँदै आएको मोरङका सायक प्रमुख जिल्ला अधिकारी शेषनायरण पौडेलले जानकारी दिए ।
उनका अनुसार बैवाहिक अंगकृत नागरिकता सबैभन्दा बढी विराटनगरमा रहेको जिप्रकाबाट र सबैभन्दा कम इलाका प्रशासन कार्यालय उर्लाबारीबाट लिएको बताए । यस वर्ष जिप्रका मोरङ विराटनगरबाट ३ सय १०, इलका प्रशासन कार्यालय रङ्गेलीबाट १ सय ६८ र इलका प्रशासन कार्यालय उर्लाबारीबाट ८ जनाले बैवाहिक अंगीकृत नागरिकता लिएका छन् । नेपालको कानुन अनुसार तीन किसिमबाट अंगीकृत नागरिकता दिने गरिएको छ ।
बैबाहिक सम्बन्धको आधारमा दिइने बैबाहिक नागरिकता र सन्तानको सम्बन्धनको आधारमा नागरिकता दिने गरिएको छ । यसैगरी १५ वर्ष नेपालमा बसोबास गरेको, नेपाली भाषा लेख्न र बोल्ने जानेको र नेपालमा बसी व्याबासाय गरेको गरेको व्यक्तिलाई प्रक्रिया पु¥याइ नागरिकता दिने गरिएको सायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । आर्थिक वर्ष २०७३÷०७४ मा मोरङबाट ३३ हजार ४ सय १२ जनाले नागरिकता लिएका छन् ।