विराटनगर/ प्रहरी हल्दार र प्रहरी जवानको लागि चार दिने घुम्ति अनुशिक्षण बल प्रयोगको सिद्धान्त तथा हातहतियार बिशेष अनुशिक्षण तालिम विराटनगरमा सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको सभा हलमा सोमबारदेखि चार दिने तालिम सुरु भएको हो ।तालिमको उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्दिप भण्डारीले प्रहरीले अधिकतम बल प्रयोग गरि समाजमा शान्ति सुरक्षा कायम गराउन यस्तो तालिम प्रहरीको लागि अपरिहार्य रहने बताए । उनले प्रहरीको लागि यस्तो तालिम समय सापेक्ष आवश्यक रहेको बताए । अपराध तथा अनुसन्धानमा प्रहरीको वृद्धी विकास गर्न यस्तो तालिम आवश्यक रहेको उनको भनाई थियो । उनले भने, ‘तालिम प्राप्त प्रहरीले मात्र तालिम लिदाको हतियार प्रयोग गर्नुपर्छ ।’ तालिम नलिएको हतियार बोक्दा आफ्नो मिसन पुरा नहुने भन्दै उनले भने, ‘आफ्नो ज्ञान, सिप अनुसारको हतियार प्रयोग गरि शान्ति सुरक्षा कायम गर्नुपर्दछ ।’ तालिमको प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी निरीक्षक जमुना कुमारी बस्नेतले हातहतियार प्रयोगको बारेमा जानकारी लिन यस तालिमले प्रहरीलाई अहम भूमिका निभार्ह गर्ने बताए । उनले प्रहरीको वृद्धी विकास गरि अगाडी बढन सुरु भएको तालिमबाट धेरै विषयको बारेमा ज्ञान हासि गर्ने बताए । चार दिनसम्म सञ्चालन हुने तालीममा प्रहरी हल्दार १५, प्रहरी जवान ३९ र ५ जना महिला प्रहरी गरि ५४ जनको सहभागि रहेको मोरङ प्रहरीको प्रवत्ता तथा प्रहरी नायव उपरीक्षक योगेन्द्र सिंह थापाले जानकारी दिए । मोरङमा ४ चरणमा संचालन हुने यस तालीममा जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत समेतबाट गरी २ सय १४ जना प्रहरीले बल प्रयोग तथा हातहतियार बिशेष अनुशिक्षण हासिल गरेका छन् । यस अघि २ चरणमा भिड नियन्त्रण, ५ चरणमा अपराध नियन्त्रण तथा अनुसन्धान, ४ चरणमा सुरक्षा नियन्त्रण र ७ चरणमा नागरिक मैत्री सेवा र मानव अधिकार बिशेष अनुशिक्षण कार्यक्रम (घुम्ति प्रशिक्षण) तालीम सम्पन्न भइसकेको मोरङ प्रहरीले जनाएको छ ।