धरान/अमेरिकी नायक तथा लेखक साम सेपर्डको ७३ वर्षको उमेरमा मंगलबार आफ्नै घर केन्टुकीमा निधन भएको छ ।
सेपर्डले ४० भन्दा बढी नाटक लेखेका छन् । उनको परिवारले उनी निधन भएको बारेमा आधिकारिक जानकारी दिएको बीबीसीले जनाएको छ ।
उनले पुत्लीजर अवार्डसमेत हात पारेका थिए । १९९७ मा लेखेको ‘व्युरिड चाइल्ड’ मार्फत् उनले पुत्लीजर अवार्ड प्राप्त गरेका थिए । त्यसो त, १९८३ मा ‘द राइट स्टुफ’ को लागि ओस्कार अवार्डमा बेष्ट सपोर्टर नायकमा छनौटमा परेका थिए । सन् १९८४ मा ‘ब्लाक हक डाउन’ नामक फिल्ममा सहायक लेखनको अवार्ड हात परेका थिए ।
उनी मोटर न्युरोन रोगबाट ग्रसित रहेको परिवारले जनाएको छ ।