विराटनगर/  मैत्रिपूर्ण फुटसलको उपाधि नेपाल पत्रकार महासंघ मोरङ शाखाले जितेको छ ।

विराटनगरमा आज मंगलबार साझ सम्पन्न भएको प्रतियोगितामा ओवि मिडिया प्रा.लि.लाई ८—४ गोलको फराकिलो अन्तरले पराजितगर्दै उपाधि माथि कब्जा जमाएको हो ।

आगमी भदौ ९ देखिसुरु हुन लागेको विराट फुटसल प्रतियोगितालाई मध्यनजर राख्दै ओवि मिडिया प्रा.लि.ले नेपाल पत्रकार महासंघ मोरङबिच मैत्रीपूर्ण प्रतियोगिता आयोजना गराएको हो  ।

जितको लागि नेपाल पत्रकार महासंघको तर्फबाट पत्रकार अनिर्ल  ४ गोल, दिपेन्द्र कार्कीले २ र मनोज ओझाले २ गोल गरि टिमको लागि जित हासिल गरेको थियो । दोस्रो हाफदेखि आयोजकलाई दबाबमा राखेको पत्रकार टोलीले दोस्रो हाफदेखि निरन्तर गोल गरि उपाधि जित्न सफल भए । मैत्रीपूर्ण खेलको म्यानअफद म्याच नेपाल पत्रकार महासंघका चार गोल गर्ने पत्रकार अनिल श्रेष्ठ घोषित भएका थिए ।

उत्ता आयोजकका तर्फबाट सुशिल साहले २, बिवेक दाहाल १ र अनुभव दाहालले १ गोल गरेका थिए ।