धरान/बार्सिलोनाका ब्राजिलियन स्ट्राइकर नेयमार जुनियरले बार्सिलोना छाड्ने बुधबार पक्कापक्की गरेका छन् ।
उनले आफू बार्सिलोना छाड्न लागेको बताए । र, बार्सिलोनाले पनि उनले क्लव छाड्न लागेको पुष्टी गरेको छ । नेयमारका पिता एवम् उनका एजेन्टले बार्सा छाड्न लागेको बारे पुष्टी गरेका हुन् । केही दिन यतादेखि नेयमार पेरिस सेन्ट जर्मन (पिएसजी) मा जाने हल्ला व्यापक रुपमा बाहिरिएको थियो । पिएसजीको लागि उनले सर्वाधिक राशी २२२ लिलियन युरोमा सम्झौता गर्न लागेको खबर सार्वजनिक भइरहेको थियो ।
उनले हालै कतारमा आएर स्वास्थ्य परीक्षणसमेत गरेका थिए । पिएसजीले उनको लागि जर्सी नम्बरसमेत छापिसकेको खबर विदेशी पत्रपत्रिकाहरुले जनाएका थिए । बार्सिलोनाका समकक्षीसँग उनको सामान्य विवाद भएपछि उनले पछिल्लो अभ्यासमासमेत सहभागी नभई उनी अमेरिकामा रहेका थिए ।
सोमबार उनी चीनसमेत आएका थिए । नेयमार ब्राजिलको सान्तोष क्लवबाट सन् २०१३ मा बार्सिलोनामा आएका थिए । नेयमारले बार्साको लागि एकसय गोल पूरा गरेका थिए । दुईपटक च्याम्पियन्स लिग, दुई पटक ला लिगा र ३ पटक कोपा डे रे जिताउन उनले भूमिका खेलेका थिए । त्यसो त, बार्सासँग २०१६ मा उनले थप ५ वर्षको लागि सम्झौता गरेका थिए ।
ला लिगाका अध्यक्ष जाभियर टेबेजले पिएसजीले गरेको सम्झौता अनुरुप बार्साले भुक्तानी गर्न नसक्ने सिएनएनलाई बताएका छन् । एकसता अघिसम्म नेयमार २ सय प्रतिशत बार्सामै रहने दाबी गरेको थियो । हालै भएको मैत्रीपूर्ण खेलमा पनि एल क्लासिको रियल म्याड्रिडलाई बार्साले हराउँदा उनको भूमिका महत्वपूर्ण थियो ।