इलाम/काठमाण्डौबाट इलामको आउदै गरेको बस त्रिसुली नदिमा बेपत्ता भएको छ । वुधबार दिउसो १ बजे काठमाण्डौबाट १८ जना यात्रु र ३ जना चालक दलका सदस्य सहित आउदै गरेकोे ना ६ ख ७१२१ नंम्बरको न्यु सुभेच्छा डिलक्स यात्रुवाहक बस त्रिशुलीमा बेपत्ता भएको हो ।

[caption id="attachment_50890" align="alignnone" width="814"] फायल फाेटाे[/caption]

बुधबार साँझ करिब ८ः२५ बजे मुग्लिङको छेउमा रहेको कालिखोलामा जाममा परेको बेला पहिरोले बगाएपछि बस त्रिशूली नदिमा बेपत्ता भएको बताइएको छ । बसमा सवार सबै यात्रु र चालक दलका ३ जना सदस्य भने सकुशल रहेका छन । यात्रु सबै सुरक्षित स्थानमा छन् बस अहिले सम्म फेला पर्न सकिएको छैन इलाम स्थित बस काउण्टरका सदस्यले जनाएका छन् ।

आफुु हरु भन्दा अगाडिको गाडिलाइ लेदोले छोप्न लागेको देखेपछि चालक दल का सदस्यहरुले सबै यात्रुलाई सकुशल बसबाट ओरालेर भगाउन सफल भएको बसका चालक दलका सदस्य संगम राई ले बतनएको ईलामेली काउन्टर काटेशवर का संचालक शेखर अधिकारीले जानकारी दिएकाछन् ।बेपत्ता भएको बसको खोजी कार्य भईरहेको बताइएको छ ।