धरान/चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९मा  पुनः मतदान सुरू भएकाे छ । पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि उत्पन्न विवाद सल्टाउँदै सर्वोच्च अदालतले दिएको आदेशअनुरूप अाज फेरी मतदान सुरू भएकाे छ । यो वडामा ३ हजार ७ सय ९७ मतदाता छन् । [caption id="attachment_50967" align="alignnone" width="1000"] याे तस्विर अन्नपुर्णपाेस्ट अनलाइनबाट लिइएकाे हाे ।[/caption] स्थानिय सञ्चारकर्मीहरूका अनुसार  जीवनज्योति आधारभूत विद्यालय केन्द्रमा १३०६, शारदा माविमा १२२३ र किरण माविमा १२४८ मतदाताले मतदान ब्यबस्था मिलाइएकाे छ।  मतदान स्थलमा सुरक्षा ब्यबस्था कडा पारिएकाे छ ।चितवनका एसपी दिपक थापाका अनुसार मतदान स्थलहरूमा  नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी नौ सय सुरक्षाकर्मी परिचालित छन् ।