धरान/बार्सिलोनाबाट फ्रेन्च क्लव पेरिस सेन्ट जर्मन (पिएसजी) मा अनुबन्ध भएका ब्राजिलियन स्ट्राइकर नेयमार जुनियर नयाँ जर्सी नम्बरका साथ देखा पर्ने भएका छन् ।
बार्साबाट ११ नम्बर जर्सीमा देखिदै आएका नेयमारलाई अव भने १० नम्बर जर्सीमा दर्शकहरुले देख्ने छन् । उनका फ्यानहरुले उनलाई देशकै जर्सी नम्बरमा देख्न लागेको हुन् । उनी ब्राजिलका कप्तानसमेत हुन् । उनी देशको लागि १० नम्बर जर्सीमा खेल्दै आएका छन् ।
तर, बार्सिलोनामा १० नम्बर जर्सी भने लियोनल मेस्सीले लगाउँदै आएका छन् । उनीले उक्त क्लवबाट ११ नम्बर जर्सीमा खेल्दै आएका थिए । त्यसो त, ब्रालिलियन क्लव सान्तोषमा पनि १० नम्बर जर्सीमै खेल्दै आएका थिए ।
उनले आफूलाई पिएसजीमा नयाँ चूनौति रहेको र त्यो चूनौतिको सामाना गर्न आफू सदैव तयार रहेको बताएका छन् । विदेशी मिडियाहरुसँग कुरा गर्दै उनले आफू पैसाको लागि पिएसजी नआएको बताए । उनले पिएसजीले ठूलो रकममा आफूलाई अनुबन्ध गरेकोमा धन्यवाद दिए । उनी हालसम्मै सबैभन्दा महंगा खेलाडीसमेत बनेका छन् ।
यसअघि इटालियन स्ट्राइकर पोग्वा थिए । उनलाई म्यानचेष्टर युनाइटेडले सबैभन्दा महंगो राशीमा अनुबन्ध गरेको थियो । पिएसजीले नेयमारको लागि २२२ मिलियन युरोमा अनुबन्ध गरेको हो ।
पिएसजीमा अनुबन्ध भएका उनले पहिलो खेल भने खेल्न नपाउने संकेत देखा परेको छ । बार्सिलोनाले अझैसम्म उनलाई कागजातहरु स्वीकृत नगरेका कारणले पनि पहिलो फ्रेन्च लिग गुमाउने विदेशी मिडिया विविसी डटकमले जनाएको छ । उनको अन्तर्राष्ट्रिय सरुवाको कागजात उनले गएरातिको समयसीममा उपलब्ध गराउन नसक्दा शनिबार हुने एमिएन्सविरुद्धको खेलमा खेल्न नपाउने भएका हुन् ।