धरान /सडक निर्माण गर्ने ठेकेदार कम्पनीको लार्पवाहीका कारण रौतहटमा ४ बालिकाको मृत्यु भएको छ । सडकमा बनाइएका खाल्डामा जमेको पानीमा डुबेर ४ बालिकाको मृत्यु भएको छ भने एक जना बेपक्ता छन् ।

शनिबार दिउँसो रौटहटको गरुडा नगरपालिका ४ मा सडक निर्माणको क्रममा दुर्गा निर्माण सेवाले खनेको खाल्डोमा जमेको पानीमा डुबेर ४ बालबालिकाको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार मृत्यु हुनेमा गरुडा नगरपालिका ४ का बासिन्दा राम एकवालकी छोरी १२ वर्षीया सुनिता शाह, ९ वर्षया संगिता शाह, नागेन्द्र शाहकी ९ वर्षीया छोरी सुनैना शाह र नारायण शाहकी ९ वर्षीया छोरी सुश्मिता शाह रहेका छन् ।

वेपत्ता बालिकाको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनास्थलमा अहिले रौतहटका सिडियो उद्धवबहादुर थापा, प्रहरी प्रमुख यज्ञ विनोद पोखरेल र सशस्त्रका एसपी भगवान मल्ल पुगेका छन् । उनीहरुले घटनाको बारेमा सोधखोज र बेपक्ता वालीकाको खोजीकालागि निर्देशन दिएको बताइएको छ ।