[caption id="attachment_3711" align="aligncenter" width="850"]
तस्विर उपेन्द्र चाम्लिङ[/caption]
धरान/राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आवहान गरेको वन्दको प्रभाव अरुण पुर्वको नौ जिल्लामा आइतबार विहानै देखि जनजिबन प्रभाबित भएको छ ।
हम्रा सम्बाददाताहरुका अनुसार
– बन्दको कारण विहानै देखि मोटरसाईकल, प्रेसका गाडी, कुटनितिक नियोगका गाडी, दमकल र एम्वुलेन्स बाहेक कुनै पनि सवारी साधन चलेका छैनन् । बजार पसल, शैक्षिक संस्था र कलकारखाना पनि बन्द रहेका छन् ।
–धरान,इटहरी,दमक,बिर्तामोड,इलाम,पाँचथर,ताप्लेजुङ,धनकुटा,तेह्थुम,भोजपुर,संखुवासभामा बन्दको प्रभाब परेको छ ।
–बन्दका कारण यातायातका साधन चलेका छैनन भने बजारहरु छिटफुट मात्रामा खुलेका छन्
–साउन २२ लाई कालोदिन मान्दै आएको राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आज लिम्बुवानको ९ जिल्ला बन्द गरेको हो । बन्दलाई लिम्बुवान क्रान्तिकारी पाटिले पनि ऐक्यवद्धता जनाएको छ ।
–१८३१ साउन २२ गते कै दिन लिम्बुवानको तत्कालिन गोर्खा सँग भएको नुनपानी सन्धीले आत्मनिर्णयको अधिकार खोसिएको भन्दै साउन २२ लाई परिषद्ले कालो दिनको रुपमा मनाउँदै आएको छ ।
–२०६६ सालदेखि आजैको दिनलाई कालो दिन मान्दै परिषद्ले लिम्बुवान क्षेत्र बन्द गर्दै आएको छ ।