विजयपुर/राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आवहान गरेको वन्दबन्द खुलेपछि पुर्बि नेपालको जनजिबन सामान्य हुदै गएको छ ।

१८३१ साउन २२ गते लिम्बुवानको तत्कालिन गोर्खा सँग भएको नुनपानी सन्धीले आत्मनिर्णयको अधिकार खोसिएको भन्दै परिषदले साउन २२ लाई परिषद्ले कालो दिनको रुपमा मनाउँदै आएको छ ।

बन्दको कारण विहानै देखि मोटरसाईकल, प्रेसका गाडी, कुटनितिक नियोगका गाडी, दमकल र एम्वुलेन्स बाहेक कुनै पनि सवारी साधन चलेका छैनन् । बजार पसल, शैक्षिक संस्था र कलकारखाना पनि बन्द रहेका थिए ।