ताप्लेजुङ/ताप्लेजुङमा आजबाट पुर्वाञ्चल स्थरिय दोस्रो पाथिभरा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । ताप्लेजुङ जिल्ला फुटवल संघको प्राविधिक सहयोग तथा लाखेजात्रा खेल सञ्चालन समितिको आयोजनामा खेल सुरु भएकोे हो । सदरमुकाम स्थित भानुजन उच्च माविको खेल मैदानमा आजबाट सुरु खेलको फुङ्लिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले उद्धघाटन गर्नुभएको थियो । यसैविच आज भएको पहिलो खेलमा ताप्लेजुङले विजय यात्रा सुरुवात गरेको छ । नव प्रयास युवा क्लव ताप्लेजुङ र रेड हर्स क्लव इलाम विच भएको खेलमा ईलामलाई ताप्लेजुङले ३–० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा दुबै टिमबाट कुनै गोल हुन नसके पनि दोस्रो हाफको समयमा ताप्लेजुङले ईलामको पोष्टमा लगातार तीन गोल गरेको थियो । जर्सि नंबर ७ का क्रिस राई, १४ का मुकेस लिम्बु र १६ का सुनिल नाल्बोले एक÷एक गोल गर्दै ताप्लेजुङलाई विजयी गराएका हुन् । विजयि ताप्लेजुङले आगामि २४ गते पथरी स्र्पोटिङ क्लव पथरी संग खेल प्रर्दशन गर्ने छ । नकआउटको आधारमा खेलाईएको खेलमा ताप्लेजुङका २ टिम र जिल्ला वाहिरको ८ टिम गरी १० टिमको सहभागिता रहेको लाखेजात्रा खेल सञ्चालन समितिका अध्यक्ष युगराज गुरुङले जानकारी दिनुभयो । यसैविच भोलि हुने खेलमा कणसिं सोनाम क्लब ताप्लेजुङ र ससस्त्र प्रहरी फुटबल टिम दमक विच खेल हुने आयोजकले बताएको छ । भोलिको खेल दिउँसो २ बजेबाट सुरु हुनेछ । आगामि ३० गते सम्म चल्ने प्रतियोगितामा दैनिक एक खेल हुनेछ । प्रतियोगिताको विजेताले २ लाख ११ हजार १ सय ११ र उप विजेताले १ लाख ११ हजार १ सय ११ नगद प्राप्त गर्ने छ ।