पथरी/ मोरङको कानेपोखरी—४ स्थीत मातुभूमि समाज सेवा क्लबले ‘खसी कप—२०७४’ फुटबल प्रतियोेगिता सुरु गरेको छ । प्रत्येक बर्ष खेलको आयोजना गर्दै आएको क्बलले शनिबारबाट सुरु गरेको छ । खसी कपलाई कानेपोखरी गाउँपालिका वडा नम्बर ४ का नव निर्वार्चित वडा सदस्य महेन्द्र गुरुङ र शिव दुलालले उद्घाटन गरेका थिए ।

उदघाटन खेलमा इटहरी फुटबल क्लब र शान्ति स्पोटङ क्लब पथरी विच भएको थियो । खेलमा १—३ गोलको अन्तरले शान्ती स्पोटिङ क्लब पथरी बिजय भएको थियो । त्यसैगरी दोस्रो दिन डुम्रीघाट युवा परिवार कानेपोखरी र पथरी फुटबल क्लब बिच भएको थियो । खेलको मध्यान्तर अघि बराबरी भएको थियो ।खेलको मध्यान्तर पछि निर्धारित समयमा दुवै टिमबाट एक—एक गोलको बराबरी भएपछि खेलको छिनोफानो टाइब्रेकरले गरेको थियो ।

टाइब्रेकरमा पथरी फुटबल क्लब बिजय भएका छन् । डुम्रिघाट फुटबल क्लब कानेपोखरीलाई २—४ गोलको अन्तरले पराजित गरेको फुटबल खेल संयोजक चित्र लिम्बूले बताए । प्रतियोगितामा सुनसरी,झापा र मोरङको २० वटा फुटबल क्लबले सहभागिता जनाएको छ । खेलको विजेता टिमलाई २० हजारको खसी र उपविजेतालाई १० हजारको खसी र ट्रफी,मेडल र प्रमाण पत्र साथै प्रत्येक खेलमा म्यान अफ द म्याच दिइने क्लबका सचिव उदिप लिम्बूले बताए ।

क्लबले यस भन्दा अघि जेजे स्मृती नकाउट फुटबल प्रतियोगिता खेल सम्पन्न गरिसकेको छ । आगामी यसै असोजमा जेजे स्मृती नकाउट फुटबल प्रतियोगिता पूनः आयोजना गर्ने क्लबका सचिव उदिप लिम्बूले बताए ।