तरहरा/ जिल्ला निर्वाचन कार्यलय सुनसरीको ढिलासुस्तीका कारण अधिकांस नागरीकले फोटो सहितको मतदाता नामवली दिन पाएका छैनन् । कर्मचारीहरुको अभावका कारण दैनिक सयौको संख्यामा फोटो खिचाउँन पुगे पनि नागरीकले सहज रुपमा फोटो सहितको नामवली दर्ता गराउँन नपाएको गुनासो गरेका छन ।

निर्वाचन आयोगले प्रादेशिक र संसदीय निर्वाचनका लागि साउन १ गते देखि फोटोसहितको मतदाता नामावली अद्यावधिक गरे पनि गाउँमा आएका निर्वाचन कार्यलयका कर्मचारीहरुको ढिलासुस्तीले नागरीकले फोटो सहितको मतदाता नामवली खिचाउँन नपाएको इटहरीका एमाले नेता वसन्तकुमार श्रेष्ठले भनाई छ । अधिकांसले अझै फोटो खिचाउँन पाएको छैनन् गाउँमा आयो भन्न मात्र भयो दिनभरमा १ सय ५० भन्दा बढिले फोटो खिचाउँन सकेनन् एमाले नेता श्रष्ठले भने ।

जिल्ला निर्वाचन कार्यालय सुनसरीले फोटोसहितको मतदाता नामावली संकलन सुरु गरे पनि कर्मचारीहरु थोरै भएकाले विहानै देखि लाईनमा वसेर पनि फोटो खिचाउँन नपाएको भन्दै नागरीकले गुनासो गरेका छन । लामो समय सम्म लाईनमा वसेर पनि फोटो खिचाउँन नसकेको इटहरीकी नेपाली काग्रेस नेतृ विमला ढकालले वताईन । दिनभरी कार्यलयमा वस्दा पनि फोटो खिच्च सक्दैनन् ब्यावस्थापन कमजोर भयो उनले भनिन् । कर्मचारी थपेर भए पनि निर्वाचन कार्यलयले नाम दर्ता गराउँन पाउँनु पर्छ ढकालले भनिन् ।

नागरिकले नागरिकता लिएर जिल्ला निर्वाचन कार्यालय पुगेर मतदाता नामावलीमा नाम दर्ता गराउँनु ठुलै लडाई लड्नु जस्तै भएको इटहरी १९ तरहराका रोषण पुरीले वताए । उनले भने विहान ७ बजे देखि वेलुका सम्म गर्मी नभनी वस्दा समेत पालो आउँदैन उनले भने । दुई जना कर्मचारी राखेर दिनभरी नागरीकलाई दुख दिने काम मात्र भएको भन्दै उनले नागरीकलाई सहज हुने काम गर्ने आग्रह गरेका छन ।

उनी जस्ता सयौ युवाहरुले नागरीकको सेवामा खेलाची नगर्ने निर्वाचन कार्यलयलाई आग्रह गरेका छन । यता जिल्ला निर्वाचन कार्यलय सुनसरीका प्रमुख जानकी कर्णले भने स्थानीय निकायका जनप्रतिनिधिहरुको कमजोरीको कारण नागरीकले सास्ती पाएको वताए । हामी सँग सिमित कर्मचारी थिए सबैलाई काममा पठाएका छौ तर हामीलाई जनप्रतिनिधिहरुले आवश्यक सहयोग गरेनन् उनले दुखेसो गदै भने पछिल्लो समयमा नामवली दर्ता गराउँनेहरुको भिड वढ्दै गएको कारण नागरीकले सास्ती पाएको स्वीकार गरे ।

वसाई सराई गरेर आउँनेहरुको संख्या बढेको कारण केहि समस्या भयो उनले भने । आईतवार सम्म सुनसरीमा १९ हजार ६ सय जनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यलय सुनसरीले जनाएको छ ।

यस अघि सुनसरीमा ४ लाख १९ हजार १ सय ५९ जना मतदाता थिए । जिल्लामा विवाह गरेर आउने महिला, विदेशबाट फर्किएका पुरुष र उमेर पुगेका व्यक्ति तथा पहाडी जिल्लाबाट सरेर आएका बढेकाले मतदाता सङ्ख्या ह्वात्तै बढेको प्रमुख कर्णको भनाइ छ ।