विराटनगर/ दिनदेखि चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसीको समर्थनमा विराटनगरमा मौन प्रदर्शन भएको छ ।विराटनगरमा बुधबार प्रदर्शनमा विद्यार्थी, बुद्धिजीवि, साहित्यकार तथा अधिकारकर्मीको उपस्थिति रहयोे ।
आमरण अनशनको १७ औं दिन भइसक्दा समेत माग सम्बोधनका लागि राज्य पक्षबाट कुनै ठोस कदम नचालिएको भन्दै प्रदर्शनकारीले सरकारको आलोचना गरेका छन् । उनीहरुले ‘उफ जनता अति भो, चुप बस्दा छति भो, गोविन्द केसीको माग पुरा गर, संसद भत्ता एकै दिन चित्सिा शिक्षा ऐन वर्षौ दिनलगायतको प्लेकार्ड सहित मौन प्रर्दशनी गरे ।
डाक्टर केसीको अनशनको समर्थनमा विभिन्न प्लेकार्ट बोकेर उनीहरुले ट्राफिक चोकमा ३ बजेदेखि ४ बसेसम्म १ घण्टा प्रदर्शन गरेका हुन् ।