विजयपुर/स्वास्थ्य प्रतक्ष्य सरोकार राख्ने खानेपानी कस्तो हुनु पर्ला ? बिश्व स्वास्थ्य संगठनले रङगहित,गन्धहिन र स्वादहीन पानी प्रयोग गर्नु पर्ने कुरालाई बिश्वब्यापी मापदण्डको रुपमा लागु गरेको छ ।तर मानबजीबन सँग प्रतक्ष्य सरोकार राख्ने खानेपानी जस्तो कुरामा धरान स्थित नेपाल खानेपानी संस्थानले भने लार्पबाही गरेको छ ।

संस्थानले खानेपानी वितरणमा संबेदनशील नहुदा धरानबासीले धमिलो पानी खानुपर्ने बाध्यता आएको छ ।संस्थानको धरान १६ स्थित कार्यालयको रिजर्भ ट्याङकीबाट बिहिबार बितरण गरिएको पानी खान योग्य थिएन (तस्विर हेर्नुहोस) ।

[caption id="attachment_52818" align="aligncenter" width="1024"] धरानमा खानेपानी संस्थानले बितरण गरेकाे खानेपानी । तस्विर याेगेशबाबु काफ्ले[/caption]

बिहिबार धेरै उपभोक्ताले बजारबाट बोतलको पानी र जारको पानी किनेर आफ्नो दैनिकी गुर्जानु पर्यो ।यो खानेपानी संस्थानको चरम लार्पबाही हो धरान १६ की उपभोक्ता सरीता निरौलाले भनिन् ‘खानेपानी संस्थानले यस्तो लार्पबाही गर्दा उपल्लो निकायले किन कारबाही गर्दैन ? खानेपानीमा यसरी लार्पबाही गर्नु भनेको मानब जीबनसँग खेलबाड गर्नु हो,संस्थानका जिम्मेवार ब्यक्तिमाथि कारबाही हुनु पर्छ उनले भनिन् ।

खानेपानी संस्थानका कर्मचारीको लार्पबाहीको चरम नमुनाको उदाहरणको रुपमा धमिलो पानीलाई लिनु पर्छ धरान १६ कै उपभोक्ता चन्द्र तामाङले भने जतालाई स्वस्थ्य पानी खुवाउने जिम्मेवारी बोकेको निकायले नै धमिलो पानी बितरण गर्नु उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड हो ।यस्तो धमिलो पानी मान्छेले कुनैपनि कार्यमा प्रयोग गर्न मिल्दैन भने पशु पछिलाई पनि दिन हुदैन उनले भने ।

‘हामीले बाहिरबाट जारको पानी किनेर प्रयोग गर्नु पर्ने अबस्था आयो धरान १६ कै अर्कि उपभोक्ता जमुना पौडेलले भनिन्‘ खानेपानी संस्थानले हामीमाथि अत्याचार गरिरहेको छ ।यो उपभोक्तामाथिको खेलबाड हो यसरी खानेपानीमा मनोमानी गर्न पाइदैन उनले भनिन् ।खानेपानी संस्थानले भने बाढि आएका कारण मुहान खानेपानी धमिलो भएको बताएको छ ।

खानेपानी संस्थान धरानका अधिकृत दिनेश चिमरियाले बाढि आएका कारण समयमै मुहान थुन्न नसकेका कारण समस्या आएको बताए । सबै धमिलो पानी आएको छैन,उनले भने बिहान एक पटक केही बेर धमिलिो पानी गएको थियो । तर उपभोक्ताले भने बिहिबार बिहान देखि साँझ ५ बजे सम्मनै धमिलो पानी आएको बताएका छन् ।उपभोक्ताको गुनासो बढेपनि ब्लाष्टले यस बिषयमा अनुगमन पनि गरेको थियो । अनुगमनका क्रममा संस्थानले बितरण गरेको खानेपानी पुर्णतःधमिलो पाइएको थियो ।

संस्थानका अधिकृत चिमरियाले धमिलो पानीलाई थिग्रयाउन ‘आलम’ (पानी संग्लो बनाउन प्रयोग गरिने औषधी) र पानीको किटाणु मार्न ब्लिचिङ पाउडर हालेर खानेपानी पठाएको बताए ।पानी बिज्ञहरुले यस्तो पानी खानु स्वास्थ्यको लागि हानिकारक भएको बताएका छन् । धमिलो पानी कुनैपनि हालतमा प्रयोग गर्नु उपयुक्त हुदैन र गर्नु हुदैन माइक्रोबायोलोजिष्ट कल्यण राईले भने ‘यस्तो पानी बितरण गर्नु पनी दण्डनिय हुन्छ ।

संस्थानका अधिकृत चिमरियाले बर्खायाममा कहिलेकाही यस्तो समस्या आउने गरेको बताए ।धरान स्थित खानेपानी संस्थानले गत आर्थिक बर्षमा मात्र खानेपानीको महसुल बाफत धरानबाट करिब सात करोड रुपैया उठाएको छ । तर धरानका उपभोक्ताबाट उठेको उक्ता सात करोड बजेटले मुहान मर्मंत र खानेपानीको बितरण सुधार भने हुन सकेको छैन । संस्थानको नियम अनुसार संस्थानको धरान शाखाबाट उठेको महसुल केन्द्रमा (काठमाण्डौ) पठाउने गरिएको छ ।

संस्थानले धरानका उपभोक्ताबाट उठेको उक्त रकम धरानमा खर्च नगरेर केन्द्रमै खर्च गर्ने गरेको छ ।धरानको खानेपानी समस्या समाधानका लागि अहिले एसीयाली बिकास बैकको सहयोगमो खानेपानी आयोजना सञ्चालन भईरहेको छ । अब धरानको खानेपानी ब्यबस्थापनको जिम्मेवारी धरान उपमहानगरपालीकाले धरान खानेपानी बोर्ड मार्फत लिन लागेको छ ।

तर खानेपानी संस्थानको केन्द्रिय कार्यालयले भने धरान खानेपानी बोर्डमा संस्थानको स्वामित्व नदिने खेलमा लागेको छ ।संस्थानले धरानका उपभोक्ताबाट उठाएको करोडौ रुपैया गुमाउने भएकाले स्वमित्व नदिन खोजेको हो एक जानकारले भने धरानका जनताले तिरेको पैसा यहाँको बिकास र स्वच्छ खानेपानी का लागि खर्च गर्नु पर्छ । संस्थान आफुपनि पानी दिन नसक्ने अनि अबरोध पनि गर्ने नियत ठिक छैन यो धरानबासीको हित बिपरित छ उनले भने ।