विराटनगर/अविरल वर्षाको कारण विराटनगरको बिमानस्थल डुवान भएको छ । डुबानका कारण यातायात पनि प्रभावित भएको छ । यहाँका अधिकांश बस्ति तथा बजार क्षेत्र डुवानमा परेका छन् । शुक्रबार इटहरी – विराटनगर सडकमा सवारी साधन चलेनन भने बजार सुनसान बन्यो । विराटनगर विमास्थलको उडान अवरुद्ध भएको छ । शुक्रबार रातिदेखि परेको लगातारको वर्षाले धावनमार्ग र बिमास्थल परिसर पुरै जलग्न भएको छ । बिमानस्थल बाहिरदेखी नै बगिरहेको बाढीले गर्दा आवतजावत पुर्ण रुपमा बन्द भएको छ । बिमानस्थलको यात्रु कक्षमा समेत पानी पसेर जलग्न भएपछि एयरलायन्सका काउन्टरहरुमा समेत क्षति पुगेको छ । वर्षाको कारण विराटनगरमा ६ सय घर डुबानमा परि २ हजार बिस्थापितमा परेका प्रहरीले जनाएको छ । वर्षाले बिराटनगर महानगरपालिका ४, ५, ६, ९, १०, ११, १२, १३, १४, १५, १६, १७ नम्बर वडा बढी डुवानमा परेको छ । उनीहरु आफन्त तथा छिमेकीको घरमा शरण लिन थालेका छन् । वर्षाको कारण सबैभन्दा बढी विराटनगर – १२ बखरी बस्ति बढी प्रभावित भएको छ । यस बस्तिको २ सय घर परिवारलाई मोरङ प्रहरीले सुरक्षित स्थानमा लगेको छ । बिस्थापित भएकाहरु स्थानिय बखरी मावि, जनपथ उच्च मावि र मोरङ क्याम्पस बसोेबास गर्दै आएका छन् । यस बस्तिमा वर्षेनी केसेलिया र मलौरा खोला पस्दा पीडित हुने गरेका छन् । विराटनगरमा रहेको नेपाल प्रहरी र नेपाली सेनाको व्यारेक मात्र नभएर हवाई ईन्धनको आयाल निगमको डिपो समेत डुवानमा परेको छ । बाढिले गर्दा बिमानस्थल बाहिरका होटल रेष्टुरेन्टमा समेत क्षति पुगेको छ । यस्तै मोरङगकै बुढीगंगा गाउँपालिका २ बौराहा टोलमा बुढीखोलाको पानी पसेर अन्दाजी १ सय ५० घर, मुडेरी टोलका १ सय ५० घर र दिपुटोलका ५० घर समेत गरी अन्दाजी ३ सय ५० घर डुबानमा परेका छन् ।