विजयपुर/ धरान –धनकुटा सडक खण्डको निसाने खोला छेउमा सडक भत्किएर अबरुद्ध भएको यातायात आज बाट सञ्चालन गर्ने गरि बैकल्पीक सडक बनाउने तयारी सुरु भएको छ ।

धरान उपमहानगरपालीकाका मेयर तारा सुब्बाको आग्रह पछि सडक बिभागले सडक भत्किएको ठाउ भन्दा अलग ठाउबाट ट्रयाक खोलेर सडक सञ्चालन गर्ने तयारी भएको छ ।सोमबार बिहानबाट सडक बिभागले स्काबेटर र जेसिबी लगाएर सडक खन्न सुरु गरेको छ ।सम्भब भएसम्म सोमबार साँझ सम्ममा वान वे सडक सञ्चालन गर्ने तयारी भएको धरानका यातायात ब्यासायी सरोज श्रेष्ठले जानकारी दिए ।