धरान/ मुलुकका विभिन्न भागमा परेको अविरल वर्षाका कारण गएको बाढी तथा पहिरोमा परेर मृत्यु हुनेको संख्या ७४ पुगेको छ । गृह मन्त्रालयका अनुसार पुर्वी नेपाल र तराइका बिभिन्न जिल्लामा गरेर अहिलेसम्म ७४ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म ५६ जना बेपत्ता भएका छन् । बाढी तथा पहिरोमा परेर अहिलेसम्म ३३ जना घाइतेसमेत भएका छन् । प्रहरीका अनुसार बाढी तथा पहिरोमा परेर देशभर २ हजार ६९८ वटा घर पूर्णरुपमा क्षति भएको छ भने ४८ हजार ५५६ वटा घर डुबानमा परेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म देशभर २१ हजार ४६५ जना विस्थापित भएका छन् ।