कांग्रेसद्वारा विपद् व्यवस्थापन समिति गठन
धरान/अविरल वर्षाबाट प्रभावित परिवारलाई लक्षित गर्दै नेपाली कांग्रेस सुनसरीले विपद् व्यवस्थापन समिति गठन गरेको छ ।
समितिले वर्षाका कारण जिल्लाका विभिन्न भागमा पीडित परिवारलाई तत्काल उद्दार र राहत प्रदान गर्ने भएको छ । जिल्ला सभापति राजिव कोइरालाको संयोजकत्वमा पार्टीका जिल्ला कार्यसमिति, क्षेत्रीय सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, नगर तथा गाउं सभापति, निर्वाचित एवम् प्रत्थासी मेयर, उपमेयर, भातृ संस्थाका जिल्ला सभापतिहरु रहने गरी समिति बनाइएको छ ।
जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङका अनुसार समितिले बाढी पिडितहरुलाई उद्दार, राहत, स्वास्थ्य उपचार, सुरक्षित बसोबास, खानेपानी, खाद्यन्न तथा लत्ता कपडा आदिको व्यवस्था मिलाउने बताएको छ । त्यस्तै भत्किएका संरचनाहरुको पुनर्निर्माण गर्न पहल गर्ने जनाइएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































