विराटनगर/लगातार परेकोे अविरल वर्षाले आँगन अझै ओभाएको छैन्, भान्सा उस्तै छ । चारदिनदेखि चुलोमा आगो बलेको छैन् ।
विराटनगर–१२ बखरीबस्तीका बाढीपीडितहरुको आम समस्या हो यो ।
जो, मेहेन्द्र मोरङ क्याम्पसको आश्रयमा बसेका बखरीबासीहरु हरेकलाई आफ्नो दर्दानक पीडा यसरी नै पोख्ने गरेका छन् । यस वस्तीका करिव दुई सय घरको एक हजार सदस्य अहिले मोरङ क्याम्पस, बखरी मावि, जनपथ स्कूल र आफन्तजनको साहारामा बाँचेका छन् । सरणमा बसिरहेका उनीहरु बीच सोमबार ब्लाष्टकर्मीै पुग्दा आफ्नो घरको दर्दानक अवस्था यसरी सुनाए ।
लगातरको परेको वर्षाको करण घर भित्र पानी पस्दा भान्सा हिमाम्य छ, चुलो भरी पानी जमेको जलशाय बनेको छ । यस्तो आलतमा कसरी खाना पकाउनु’, विराटनगर – १२ बखरीका सोभिद ऋािषदेवले भने, ‘न राहत पाइको छ न खुद्ध पिउने पानी ।’ ओढने ओछ्याउने सबै पानीले भिजायो,‘ उनले भने, ‘सुत्ने ठाउँसम्म पानीको आहाल छ ।’ ओत लाग्ने ठउँसम्म पानी जलमग्न भएपछि हाम्रो १० जनाको परिवार अहिले मोरङ क्याम्पसको शरहणमा पुगेको उनले बताए ।
चारदिन यतादेखि लगातार परेको वर्षा र केसेलिया खोला, नहरको पानी पस्दा विराटनगरको अधिकाशं वडाहरु डुवानमा परेका छन् । सबैभन्दा बढी विराटनगरको बखरी बस्तिका स्थानियलाई समस्यामा परेको छ । धेरै जसोको घरमा पानी पसेको छ । घरमा भएका खानेकुरा अनि लत्ताकपडा बाढीले बगाएको छ । मानिसहरु भोकै छन् । तर, अहिलेसम्म यस बस्तीको बाढीपीडितहरुको ठाउँमा आकंक्षीत रुपमा राहत सामाग्री आइपुगेको उनीहरुको भनाई छ ।
विराटनगर – १२ बखरीकै विन्दा ऋषिदेवले तीन दिन देखि मुखमा अन्न नपरेको बताए । स्थानिय मोरङ क्याम्पसमा ५ जनाको परिवार सरणमा बस्दै आएको बताउने ऋषिदेवले भने, ‘छोराछोरी खाना माक्छन् घरमा भएको सबै अन्नपात बगायो ।’ ‘शरीरमा भएको एक सरो लत्ताकपडा र छोराछोरीलाई च्यापेर ज्यान जोगाएको बताउने विन्दाले भने, ‘साना छोराले चामलको भात माक्छन कहाँबाट ल्याएर दिनु ? ।’ ‘साथमा एक पैसाँ छैन् उनले भने, ‘दाताहरुले पनि एक छाक पनि नपुग्ने चिउरा र मुराइमात्र दिन्छन्, छोराछोरी भने भात माग्छन् ।’
मोरङ क्याम्पसमा १ सय घरका विस्थापित भएका किरब ३ सय बढी बसोबास गर्दै आएका छन् । चार दिन यतादेखि लगातर परेको वर्षाको कारण केसेयिला खोलामा आएको बाढी यस बस्तीमा पसेको थियो ।
यता जिल्ला प्रशासन कार्यालयले मोरङको छतिको विवरण अहिलेसम्म यकिन गरिसकेको छैन । विराटनगरको ६, ११, १२, १७, १८ नम्बर वडाको घरहरु डुबानमा परेका छन् भने धेरै जोखिमपूर्ण अवस्थामा छन् । सबैजसो ठाउँमा घरमा पनी पसेर खानेकुरा बगाएको छ । लत्ताकपडासमेत नभएका कतिपय ठाउँका मानिस राहतको लागि पर्खिरहेका छन् ।
राहतको पर्खाईमा बसेका विराटनगर बखरीका बाढी पीडितहरु ।
अविरल वर्षाले विराटनगर – १२ को बखरी बस्तिमा बगाएको घर । यस वस्तिमा केसेलिया खोला पस्दा माटाका अधिकाशं घरहरु भत्काएको छ ।
तस्विरहरु ः ब्लाष्ट अनिल श्रेष्ठ