जङ्गली च्याउ खाएर तेह्रथुमकी एक महिला गम्भीर
धरान/जंगली च्याउ खाएर तेह्रथुमकी एक महिला गम्भीर विरामी परेकी छन् ।
म्याङलुङ नगरपालिका नगरपालिका–९ का प्रेमबहादुर लिम्बुकी ३७ वर्षीया श्रीमती प्रमिला लिम्बु गम्भीर बिरामी परेकी हुन् । उनले उत्तिसको रुखमा उम्रिएको च्याउ पकाएर खाँदा बिरामी परेकी थिइन् ।
बिरामी महिलाको स्थानीय क्लिनिकमा उपचार हुन नसकेपछि थप उपचारका लागी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































