जग खनेको पानीमा डुबेर बच्चा गम्भीर
धरान /नयाँ घरकाे जगको जमेको पानीमा डुबेर बिहीबार साँझ एक बालक गम्भीर बनेका छन् ।
भेडेटार–४ सिम्सुवा धनकुटाका ७ वर्षीय मिसुहाङ लिम्बू गम्भीर बनेका हुन् । उनको धरानस्थित बीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको प्रतिष्ठान प्रहरी पोष्टले जनाएको छ । घर नजिकै खेल्ने क्रममा पिल्लर गाड्नको लागि खनेको जगको पानीमा डुवेको उनको काका मिलन लिम्बूले जानकारी गराएको प्रतिष्ठान प्रहरी पोष्टले बताएको छ । बच्चा अलिअली बोल्न सक्ने अवस्थामा रहेको जनाइएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































