धरान /तराइका जिल्लाहरुमा बाढीबाट विस्थापित भएकाहरुलाई राहत वितरण गर्न नेपाली युवाहरुको एउटा समुह देश तथा बिदेशमा सक्रिय भएको छ ।
नेपाली युवाहरुले खोलेको टुकेदर वी क्यान ब्रिङ द चेन्ज नामको संस्थाले सप्तरी तथा चितवनका बाढी पिडितहरुका लागि राहत संकलनको कार्यलाई तिब्रता दिएका छन् । संस्थाका सदस्यहरुको सक्रियतामा राहत संकलन र वितरणको कार्य भईरहेको संस्थाका अध्यक्ष तथा संस्थापक र राहत संकलनकालागि समेत अष्ट्रेलियामा सकृय रहेका निश्चल कार्कीले बताए ।
उनका अनुसार अष्ट्रेलियाबाट भारतीय नागरिक अक्षकयकुमारले ५ सय डलर,निश्चल कार्किले २ सय डलर,समिर प्रसाई १ सय १ डलर,बबिन धमलाबाट ५१ डलर,सम्राट पौडेलबाट ५० डलर,कुमार गुरुङबाट ५० डलर,सन्तोष मल्ल ठकुरीबाट ५० डलर,शैलेस बाट २५ डलर र भुवन कार्किबाट ५० डलर संकलन भएको छ ।
यसका साथै काठमाण्डौ,चितवन,पोखरा,धरान,बुटवल लागयतका ठाउमा पनि ग्रुपले राहत संकलन गरिरहेको ग्रुपका उपाध्यक्ष टुरुप संग्रौलाले जानकारी दिए ।शुक्रबार टुरुप संग्रौलाको नेतृत्वमा सप्तरीको केलाडी भन्ने गाउका ३ सय घर परिवारकालागी पहिलो चरणको राहत लिएर टोलि हिडेको संस्थाले जनाएकाे छ ।सोमबार सचिव रुपक कर्णको नेतृत्वमा चितवन राहत पठाइने ग्रुपका अध्यक्ष निश्चल कार्कीले बताए ।
ब्लाष्टखबरडट कमका प्रबन्ध निर्देशक समेत रहेका कार्की बाढी पिडीतहरुलाई तत्कालका लागि राहत उपलब्ध गराउन आफुहरु सक्रिय भएको बताए ।पिडितहरुको र्पुनस्थापनाकालागी समेत हामी राज्यलाई सहयोग र दबाब दिन्छौ उनले भने ।
ग्रुपमा निश्चल कार्की,रुपक कर्ण,टुरुप संग्रौला,रुचु शाह,अष्मिता बिष्ट,भुमिका कार्कि,युगेश ठकुरी,बिशाल बस्नेत,सुशन्त पाेख्रेल,सन्ध्या अाचार्य,कृषु सापकाेटाे लगायत रहेका छन् ।
एउटा नेपालीलाई परेको दुखःमा अर्को नेपालीले साथ दिनुपर्छ भन्ने भावनाबाट प्रेरित भएर शुरु गरिएको राहत संकलन अभियानमा नेपाल राष्ट्रिय माडवारी परिषद्बाट विभिन्न राहत सामग्री उपलब्ध गराएकाे छ । परिषद्बाट बाढी पिडीतहरुका लागि त्रिपाल, पाल, भाँडाकुँडा तथा विभिन्न प्राथमिक स्वास्थ्य सामग्रीहरु प्राप्त भएको छ । परिषद्ले बाल्टिन ३ सय पिस, त्रिपाल ११ बण्डल, त्रिपाल १ रोल, औषधी १ कार्टुन सहयोग गरेको छ ।
यस अघिको महाभुकम्पमा समेत भुकम्प प्रभावित जनतालाई विभिन्न सहयोग गरेको परिषद्ले ‘सेवा नै ठूलो धर्म हो’ भन्ने मुल आदर्शबाट अभिप्रेरित भएर काम गरेको परिषद्का केन्द्रिय अध्यक्ष पवन मित्तलले बताए । ‘एउटा नेपालीलाई परेको दुखःमा अर्को नेपाली टुलुटुलु हेरेर बस्न सक्दैन । हामीले पनि आफ्नो तर्फबाट सक्दो सहयोग गरेका हौं ।’ उनले भने । यसैगरी जनप्रशासन कलेजबाट विभिन खाद्य सामग्रीहरु प्राप्त भएका छन् । कलेजमा अध्ययनरत विद्यार्थी, शिक्षकहरुले चाउचाउ, भुजिया, दालमोट, खानेपानी, दन्तमञ्जन, जिवनजल, चीउरा, कपडा गरी करिब २३ हजार बराबरको सामग्री सहयोग गरेको कलेजका प्राचार्य हरिभक्त शाहीले हस्तान्तरण गरेको बताए । उक्त राहत संकलन अभियानमा स्ववियू सभापति पंकज सुवेदी क्षेत्री, सध्या आचार्य, शचिन भट्टराई, गागा कार्की, हेमन्त आचार्य रहेका थिए । यसै गरी न्यू समिट कलेजबाट विद्यार्थी विकास अर्यालको संयोजकत्वमा विद्यार्थीहरुबाट १८ हजार ५८ रुपैंया तथा लत्ता कपडा औपचारिक कार्यक्रम गरी अभियानलाई हस्तान्तरण गरिएको थियो । यसैगरी सल्यानी युवा सञ्जालबाट ८१ हजार सात सय ८८ रुपैंया संकलन भएको संयोजक सुदर्शन बुढाथोकीले जानकारी दिए । अभियानमा धरानका इन्जिनियर राकेश कुमार दासले नगद रु ५ हजार प्रदान गरेका छन् । सुभायू सुवेदीबाट एक कार्टुन औषधि प्राप्त भएको छ । राहत संकलन अभियानमा देश देखि विदेशसम्मबाट सहयोग आउने क्रम बढेको छ । बेलायतको लण्डनमा नेपाली जनसम्पर्क समिति मार्फत पनि सहयोग संकलन गर्न थालिएको बेलायतको लण्डनबाट मकालु खबर डटकमका कन्ट्री हेड विनय अधिकारीले बताए । अहिलेसम्म बेलायतमा विनय अधिकारीबाट ५० पाउण्ड, रिता परियारबाट ५० पाउण्ड, राजकुमार पन्तबाट २५ पाउण्ड, महेश दाहालबाट ५० पाउण्ड, चेतनाथ खनालबाट ५० पाउण्ड र विज्ञान प्रसाईंबाट ५० पाउण्ड संकलन भएको छ । यता अष्ट्रेलियाबाट समेत सहयोग संकलन गर्ने कार्यलाई तिब्रता दिइएको छ । भने, नेपालका पोखरा, बुटवल, धरान लगायतका शहरमा समेत राहत संकलन अभियान गरिएको छ । helpfornepalese अभियानमा सहभागी संस्थाहरु Together we can bring the change ( TWECATCH), दियो पोष्ट डटकम, नेपाल राष्ट्रिय माडवारी परिषद्, केन्द्रिय कार्यालय, APPharu, सल्यानी युवा सञ्जाल, मकालु खबर डटकम, ,रिडर्स क्लब, निश्चल फाउण्डेशन, द कार्टुन क्रिऊ, Asian Techno Traders, जनप्रशासन कलेज, न्यू समिट कलेज, सल्लेरी खबर डटकम, Kumar.com.np, लगायतका संस्था रहेका छन् ।