वीरगञ्ज/डेंगु ज्वरोका कारण पर्सा जिल्लामा चार महिलासहित १२ जना बिरामी परेका छन्।
रोगबाट प्रभावित हुनेमा बारा प्रसौनीका २५ वर्षीया सलिमा खातुन, वीरगञ्जका २४ वर्षीया सुधाकुमारी, विरुवागुठी पकडियाका ३५ वर्षीया छटिया देवी र २१ वर्षीया पूजा कुमारी रहेका छन्।
यस्तै, पर्सा कटिबलुवाका १८ वर्षीय ज्ञानप्रकाश गुप्ता, सर्लाहीका २७ वर्षीय अर्नुज श्रेष्ठ, वीरगञ्जका ३५ वर्षीय रसिद आलम, ७२ वर्षीय कमल पटेल, २७ वर्षीय असलम, विराटनगरका १८ वर्षीय मन्सा साह, लालबन्दीका १५ वर्षीय अरुणकुमार साह र वीरगञ्ज नगवाका सात वर्षीय हरिनारायण चौधरी पनि बिरामी परेका छन्।
उनीहरुको नारायणी अञ्चल उपक्षेत्रीय अस्पताल, नेशनल मेडिकल कलेज लगायत स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। यो रोग पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ।
डेंगु नियन्त्रणका लागि वीरगञ्जको वडा नम्बर १ देखि १९ सम्म वडामा लामखुट्टे नष्ट गर्ने अभियान सञ्चालन गरेको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ। रासस