विराटनगर /विराटनगर महानगरपालिका क्षेत्रमा रहेको सामुदायिक विद्यालयको वेबसाईट विराटनगर– ५ मा रहेको निहारीका कलेजका विद्यार्थीहरुले निःशुल्क बनाइ दिने भएका छन् ।
स्कूलको गतिविधिहरुदेखि सूचना राख्न महत्वपूर्ण मानिने वेबसाइट निहारिका कलेजमा बीएससी सिएसआइटी अध्ययन गर्दै आएका विद्यार्थीहरुले निःशुल्क बनाई दिने भएको हो ।कलेजले बीएससी सिएसआइटी सेकेण्ड सेमेस्टरको विद्यार्थीहरुलाई ४० दिने वेबसाइट डिजाइन एण्ड डेभेलप्मेन्ट तालिम दिएको थियो ।
तालिममा सिकेको ज्ञान बाढने र महत्वपूर्ण सूचना स्कूलमा राख्न चाहने स्कूललाई डिजाइन निःशुल्क गरिदिने कलेज प्रमुख अमित ढकालले जानकारी दिए । ‘सामुदायिक स्कूलको कम आयस्रोत हुने गर्दछ, कलेज प्रमुख ढकालले भने, ‘सहयोग प्रदान गर्न हेतुले यस्तो सेवा गर्न लागेका हौं ।’ महानगर क्षेत्रको कुनै स्कूललाई वेबसाईट निमार्ण गर्ने इच्छा भए सम्पर्क राख्न उनले आग्रह गरे ।
विद्यार्थीहरुलाई नेपालको सबैभन्दा ठूलो सफ्टवेयर कम्पनी एफ वान सफ्ट इन्टरनेशनलका सिनीयर सफटवेयर डेभ्लपरले निहारीका कलेजका विद्यार्थीहरुलाई टे«निङ्ग दिएका थिए । टे«निङ्गमा उत्कृष्ट भएका पाँच जना विद्यार्थीलाई कलेजले निःशुल्क होस्टिङ्ग राईट समेत प्रदान गरेको छ ।