विराटनगर / लगातारको वर्षासंगै आएको भीषण बाढीले विराटनगर महानगरपमा थोपरेको फोहोर उठाउन थालिएको छ । एक सातादेखि थोपरेको फोहरले सहरनै दुर्घन्दित बन्न थालेपछि फोहर उठान मेयर, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखनै लागि परका हुन् ।
हातमा ग्लोब्स (पञ्जा) लगाएर निस्किएका विराटनगर महानगरपालिका मेयर भिम पराजुली, मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, मोरङका प्रहरी प्रमुख अरुणकुमार बिसी र सुरक्षाकर्मीहरु आइतार फोहोर उठाएका थिए ।
सरसफाईमा सक्रिय टोलीले आइतबार मात्रै विराटनगरमा थुप्रिएको मध्ये एक सय १० मेट्रिक्टन फोहोर संकलन गरेर ब्रहम्मापूरा स्थित डम्पिङ साईडमा व्यवस्थापन गरिएको जानकारी मेयर पराजुलीले दिए ।
उनीहरुले अभियानको दोस्रो दिन विराटनगरको तीनपैनी चोकदेखि रोडशेष चौकसम्म सरसफाइ गरेका थिए । ‘अविरल वर्षाको बाढीले बगाएर सबै ठाउँमा फोहोर सडकमा थोपरिदियो,’ मेयर पराजुलीले भने, ‘फोहोरको डंगुर गन्हाएर अहिले विराटनगरमा हिंडिसक्नु र बसिसक्नु छैन ।’ उनले भने,‘दुर्घन्दित फैलिन नदिन फोहोर व्यवस्थापनमा सक्रियता बढाइएको हो ।’
उनका अनुसार बाढीले थोपरेको फोहोरको दुर्गन्धका कारण विराटनगर लगायत आसपासका क्षेत्रमा विभिन्न रोगको महामारी फैलने खतरा बढेर गएको छ । फोहोरका कारण सर्वसाधारण पीडित हुन थालेपछि स्थानीय निर्वाचनमा जनताले दिएको मतको कदर गर्दै सडकमा फोहोर उठाउन जनप्रतिनिधी आँफै खट्न थालेको उनको बताए ।
भारी वर्षासंगै आएको बाढीले फोहोर थोपरेको एक सातापछि विराटनगरको फोहोर संकलन गरेर व्यवस्थापन गर्नका लागि जनप्रतिनिधी, यूवा र सुरक्षा अधिकारीहरु आफै ‘फिल्ड’ मा खटिन थालेका छन् ।
मेयर पराजुलीले बाढीले सबै भन्दा बढी फोहोर थोपरेको ठाउँलाई प्राथमिकतामा राखेर व्यवस्थानको काम सुरु गरिएको बताए । उनले भने, ‘फोहोर नउठ्दा मानविय स्वास्थ्यमा गम्भीर असर पर्न थालेको छ ।’ सडकमा थोपरिएको फोहोरले मानिसलाई आतजावत र सवारी साधनलाई आवागमनमा समेत समस्या हुँदै आएको उनले बताए ।
फोहोर व्यवस्थापनका लागि पहिलो चरणमा तीन ठाउँमा नगरपालिकाका कर्मचारी सहितको अलगअलग टोली परिचालित छ । विराटनरको बरगाछीदेखि रोडशेष सम्म सशस्त्र प्रहरी, तीनपैनीदेखि रोडशेष सम्म नेपाल प्रहरी, हनुमानस्थानदेखि सिंघिय खोला सम्म नेपाली सेनाको टोली परिचालित छ ।
विराटनगरमा सामान्य अवस्थामा दैनिक ७० मेट्रिक्टन फोहोर उत्पादन हुने गरेको महानगरपालिकाले जनाएको छ ।